७ आश्विन २०८३, बुधबार | September 23, 2026

कर्मचारी परिवारको उपचार गर्न पौवाले दियो १ लाख ११ हजार उपचार खर्च



बुटवल । नेपाली हस्पिटालिटी सहितको सेवा प्रदान गरेको दाबी गर्दै आएको होटल पौवाले आफ्नै कर्मचारीको परिवारको उपचार गर्नका लागि राहत उपलब्ध गराएको छ ।

होटल पौवा प्रालीको वार्षिक साधारणसभाको सन्दर्भमा पौवाका कर्मचारीको परिवारको उपचारका लागि १ लाख ११ हजार रकम प्रदान गरेको हो ।

पौवामा विगत ३ वर्षदेखि कार्यरत कर्मचारी शान्ता पाण्डेका श्रीमानको उपचारका लागि होटलले सो रकम राहतस्वरूप उपलब्ध गराएको हो । शान्ताका श्रीमान सागर पाण्डेको दुबै मृगौला फेल भएको र उपचारका लागि खर्च अपुग हुने देखिएपछि पौवाको व्यवस्थापन र होटलमा आवद्ध शेयरधनीहरुको तर्फबाट समेत गरी १ लाख ११ हजार राहत उपलब्ध गराइएको पौवाले जनाएको छ ।

साधारणसभाकै बीचमा पौवाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले रकम हस्तान्तरण गरेका थिए ।

सोही कार्यक्रममा पौवाको साझेदार संस्था शुभओम कम्पनीका अध्यक्ष हरि थापाले पनि राहतस्वरुप नगद १५ हजार पाण्डेलाई हस्तान्तरण गरेका छन् ।

पौवामा आवद्ध कोही पनि कर्मचारी उपचार नपाएर बस्न नपरोस् भन्ने उद्देश्यले उपचार खर्च उपलब्ध गराइएको अध्यक्ष भण्डारीले बताए । ‘पौवा एउटा परिवार हो, परिवारका सदस्यको पीडामा मल्हम लगाउनु परिवारको दायित्व सम्झेर सानो राहतको सुरुवात गरेका छौ,’ उनले भने, ‘दीर्घकालीन रुपमा राहतको कोषको व्यवस्थापन गर्ने समेत योजना बनाइएको छ ।’

लामो समयदेखि उपचाररत सागरको दुबै मृगौलाले काम नगरेपछि निम्न आय भएका पाण्डे परिवार समस्यामा परेका थिए । उनकाे गाैतम बुद्ध सामुदायिक मुटु अस्पतालमा उपचार भइरहेकाे छ ।

प्रकाशित मिति : १५ पुस २०७८, बिहिबार  ६ : ४१ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई