२२ भदौ २०८३, सोमबार | September 7, 2026

अब डाक्टरलाई नेपालमै इन्टर्नसिप



काठमाडौं । चिकित्सा शिक्षाको स्नातक तहमा चीनलगायतका मुलुकमा अध्ययन गरेका विद्यार्थीले नेपालमा नै इन्टर्नसिप गर्न पाउने भएका छन् । सरकारले चिकित्सा शिक्षाको स्नातक तहमा चीनलगायतका मुलुकमा अध्ययन गरेका विद्यार्थीको हकमा बाँकी रहेको अध्ययन, प्रयोगात्मक अभ्यास वा इन्टर्नसिप पूरा गर्न सैद्धान्तिक स्वीकृति दिएको हो ।

सरकार प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चीनलगायतका देशमा भर्ना भएका विद्यार्थीलाई स्वदेशमै अध्ययन गर्न मन्त्रिपरिषद् बैठकले सैद्धान्तिक स्वीकृति दिएको जानकारी दिए ।

सरकारको यो निर्णयसँगै अब कोरोना महामारीका कारण चीन सरकारको छात्रवृत्तिमा पढ्न गएका विद्यार्थीको ६ महिना, बाइलिङिग्विल ९द्विभाषिक० युनिभर्सिटीमा पढ्न गएकाको नौ महिना र अंग्रेजी माध्यमको विश्वविद्यालयमा पढ्न गएकाको तीन महिना सैद्धान्तिक कक्षा गर्न पाउने भएका छन् ।

यसअघि चीनमा अध्ययन पूरा गरेका विद्यार्थीहरूले नेपालमा इन्टर्नसिप गर्नको लागि स्वीकृतिको माग गर्दै पटक पटक प्रदर्शन गर्दै आएका थिए । मन्त्रिपरिषद् बैठकले सरकारले निर्वाचन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ ।

मन्त्रिपरिषद्ले निर्वाचन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो । प्रवक्ता कार्कीले कृषि तथा पशुपक्षी विकास मन्त्रालयका नेपाल कृषि सेवाका वरिष्ठ माटो विज्ञ डा। गंगादत्त आचार्यलाई सार्स एग्रिकल्चर सेन्टर ढाकामा सिनियर प्रोग्राम स्पेसलिस्ट पदमा काम गर्न काजमा खटाउने निर्णयसमेत गरेको जानकारी दिए ।

त्यस्तै, निर्वाचन आयोगसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने, सुर्खेतको साविकको लेखफर्सा, काफलकोट र लेखपराजुल गाविसको जग्गा प्रशासनसम्बन्धी काम मालपोत तथा नापी कार्यालय, मेहलकुना, सुर्खेतलाई हस्तान्तरण गरी सेवा सञ्चालन गर्न स्वीकृति दिने निर्णय पनि गरिएको छ ।

प्रवक्ता कार्कीले नेपाली सेनाका प्रधान सेनापति, महारथी प्रभुराम शर्मा पुस १८ देखि ३० गतेसम्म घर बिदामा बस्ने भएकाले बलाधिकृत रथी बालकृष्ण कार्कीलाई नेपाली सेनाको कायम मुकायम भई प्रधानसेनापतिको कार्यभार सम्हाल्नेगरी तोक्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको जानकारी दिए ।

त्यस्तै, मन्त्रिपरिषद्ले टाक्टोर–लामाजुरा सडकखण्डको ट्रयाक खोल्न सोलुखुम्बु सोलुदूधकुण्ड नगरपालिका–२ मा रहेको राष्ट्रिय वन क्षेत्रभित्रका २।५७ हेक्टर वन क्षेत्र प्रयोग गर्न स्वीकृति प्रदान गर्ने निर्णय पनि गरेको छ । सरकारले आदिकवि भानु जन्मस्थल विकास समितिको अध्यक्षमा भानु–४ तनहुँका ऋषिराम पन्त र कार्यकारी निर्देशकमा शंकर रानाभाटलाई नियुक्ति गर्ने निर्णय पनि गरेको छ । समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति : १७ पुस २०७८, शनिबार  ७ : २४ बजे

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

भोटेकोशी बाढीमा परी निधन भएकाहरूको सम्झनामा बाँकेमा दीप प्रज्वलन

नेपालगन्ज । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको