२ पुस २०८२, बुधबार | December 17, 2025

नौ करोड लगानीमा खानेपानी आयोजना शिलान्यास



रुकुम । रुकुम (पूर्व) को सिस्ने गाउँपालिका-५ मा खानेपानी आयोजना निर्माण हुने भएको छ ।

खानेपानीको थप आपूर्तिका लागि ठूलो आयोजना निर्माणको प्रक्रिया सुरु भएको हो । खानेपानी आयोजनाको शुक्रबार शिलान्याससमेत गरिएको छ। वडाध्यक्ष शान्तेबहादुर विकले थाक्नाखोला खानेपानी आयोजनाको शिलान्यास गरेका हुन् ।

यसका लागि लुम्बिनी प्रदेश सरकारको नौ करोड बजेट विनियोजन गरेको थियो । थाक्नाखोलाको मुहानबाट पानी ल्याउन लागिएको हो । खानेपानीको आयोजनामा ७५ हजार लिटर क्षमताका पाँच वटा ट्याङ्की निर्माण गरिनेछ ।

रुमालबारा, बाहुनठाना र टाकुरामा थप खानेपानीको आपूर्तिका लागि यो आयोजना निर्माण गर्न लागिएको हो । वडाका करिब ५०० घरधुरीमा खानेपानीको सहज सुविधा पु¥याउने गरी खानेपानी आयोजना निर्माणको प्रक्रिया सुरु गरिएको वडाध्यक्ष विकले बताए ।

पञ्चवर्षीय योजना भएकाले क्रमागतरुपमा यो खानेपानी आयोजनाले पूर्णता पाउनेछ । चालु आर्थिक वर्ष २०७८/७९ मा एक करोड पाँच लाख बजेटको काम हुने बताइएको छ ।

उपभोक्ता समितिमार्फत नै खानेपानी आयोजना निर्माण गर्न लागिएको छ । समितिको अध्यक्षमा टोपबहादुर कार्की, सचिवमा डिक्कु बुढा र कोषाध्यक्षमा गीता शाह रहेका छन् ।

प्रकाशित मिति : १७ पुस २०७८, शनिबार  ७ : ५९ बजे

बढ्यो अमेरिकी डलरको मूल्य

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

उच्छृङ्खल गतिविधि गर्नेलाई कानुनबमोजिम कारबाही हुन्छ : राष्ट्र बैंक

काठमाडौं । पछिल्ला दिनमा भएका बैंक तथा वित्तीय संस्था लक्षित

विसं २०८३ को पञ्चाङ्ग २०८२ साल अनुरूप नै प्रकाशन हुने

काठमाडौं । विसं २०८३ को पञ्चाङ्ग २०८२ साल अनुरूप नै

राजनीतिक दल र उम्मेदवारले १० वटा मात्रै झण्डा प्रयोग गर्न सक्ने

काठमाडौं । निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा धेरै झण्डाको प्रयोग

हिजो स्थगित भएको एमाले ११ औँ महाधिवेशनको मतदान आज बिहान ८ बजेदेखि सुरु हुँदै

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ