४ फाल्गुन २०८२, सोमबार | February 16, 2026

नेवाः दयः दबुको विधान अधिवेशन सम्पन्न, चैत्रमा विराटनगरमा महाधिवेशन गर्ने निर्णय



नेपालगन्ज । देशभरिका नेवाः समुदायको छाता संस्था नेवाः दयः दबुको विधान अधिवेशन नेपालगन्जमा सम्पन्न भएको छ । २०४७ सालको संबिधानको संरचना अनुरुपको संगठनमा संचालनमा रहेको दयः दबुको बिधानलाई विधान महाधिवेशनको माध्यमबाट संघीय संरचनामा लगिएको नेवाः अगुवाहरुले बताएका छन् ।

बिधान महाधिवेशनको नागरिक अगुवा एवं नेवाः दयः दबुका संरक्षक मल्ल के सुन्दरले उदघाटन गरेका थिए । उदघाटन कार्यक्रमलाई सम्बाधन गर्दै संरक्षक मल्ल के सुन्दरले नेवाः संस्कार र संस्कृतिे निकै ठुलो सम्पदा भएकाले यस्को संरक्षण आवश्यक रहेको बताए । उनले विशेषतः भाषा, संस्कार र संस्कृतिलाई जगेर्ना गर्न र आगामी पुस्तासम्म पुर्याउन नेवाः दयः दबु जस्ता संस्थाहरुले महत्वपूर्ण भूमिका खेल्नु पर्ने बताए ।

कार्यक्रममा बिधान संशोधन मस्यौदा प्रस्तुत गर्दै दबुका संयोजक चन्द्रलाल राजभण्डारीले सुधारका आवश्यकता बारे आफ्ना प्रस्तुती गरेका थिए । संगठनका अध्यक्ष नरेशमान ताम्राकारको अध्यक्षतामा भएको बिधान महाधिवेशनले आगामी चेत्रमा बिराटनगरमा महाधिवेशन गर्ने निर्णय गरेको व्यवस्थापन सकितिका संयोजक कृष्णप्रसाद श्रेष्ठले बताए ।

कार्यक्रममा पूर्व मन्त्री तिर्थमान ढंगोल, अखिल भारतीय नेवाः संघका मुख्य संयोजक सुर्यनारायण प्रधान, खजुरा गाँउपालिका अध्यक्ष किस्मत कक्षपति लगायतले महाधिवेशनको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रम अघि नेवारहरुको संस्कार, संस्कृति झल्कने बिभिन्न झाँकीले नेपालगन्ज नगर परिक्रमा गरेको थियो । नेवाः देयः दबू बाँकेको आतिथ्यमा भएको प्रथम विधान अधिवेशनमा ‘देशभरका ६८ जिल्लाका २ सय ५० बढी प्रतिनिधि र झण्डै एकसय ५० पर्यवेक्षक पाहुनाहरुको सहभागिता रहेको अधिवेशनका प्रचार संयोजक समिरमान श्रेष्ठले जानकारी दिए ।

नेवारी भाषा, कला, संस्कृतिको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्ने प्रमुख उद्देश्यका साथ संगठन स्थापित भएको जानकारी दिंदै नेवाः देयः दबू बाँकेका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले भब्यतापूर्ण अधिवेशन सम्पन्न भएको दाबी गरे ।

महाधिवेशनलाई सफल पार्न बाँके जिल्लाका नेवारहरुको प्रतिनिधिमूलक संस्था नेवाः देय दबू र नेवाः पुचः सहित बाँके र जिल्लामा छरिएर रहेका नेवारहरुको १४ वटा गुठीका अध्यक्ष तथा प्रतिनिधिहरुरहेको मुल आयोजक समिति गठन संग पनि विधान अधिवेशनको तयारीको समन्वय, व्यापक छलफल र सहयोग लिने काम भएको नेवाः देयः दबू बाँकेका अध्यक्ष तथा मूल आयोजक समितिका संयोजक श्रेष्ठले जानकारी दिए । त्यसका लागि बुधवार नेपालगन्जमा वृहत छलफल गरिएको थियो ।

‘२०५७ सालमा शताब्दीपुरुष, संस्कृतविद् सत्यमोहन जोशी, पद्मरत्न तुलाधर, मल्लके सुन्दर, लक्ष्मण राजवंशी लगायतका व्यक्तिहरुको सहभागितामा ठूलो क्षेत्रीय सम्मेलन तथा नेवा पुचः बाँकेको भेला आयोजना भएको थियो’, नेवाः पुचः बाँकेका सल्लाहकार चुकेले दैनिक नेपालगन्जसँग भने, ‘त्यसपछि अहिले बाँकेले विधान अधिवेशनको अवसर पाएको छ ।’

 

प्रकाशित मिति : १७ पुस २०७८, शनिबार  १२ : ०८ बजे

दुर्गा प्रसाईं पुनः पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पुनः पक्राउ परेका छन्

बन्दको हल्ला सुनेपछि रुपन्देहीका विद्यालयले दिए मंगलबार विदा

बुटवल । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन बहिस्कार गर्ने

जेनजी प्रदर्शनका दुई सय घाइतेको वर्गीकरण

काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा घाइते भएका दुई सय जनाको

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित

रविविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा कास्कीबाट पनि तत्काल फिर्ता नहुने

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध दायर