४ फाल्गुन २०८२, सोमबार | February 16, 2026

वैवाहिक अंगीकृत नागरिकताको सिफारिस वडा कार्यालयबाटै पाउनुपर्ने माग



भैरहवा । विवाह दर्ता र वैवाहिक अंगीकृत नागरिकताको सिफारिस गाउँपालिकाको (वडा कार्यालय) बाटै गर्न माग गर्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मायादेवी गाउँपालिका कार्यसमिति, रुपन्देहीले ज्ञापनपत्र बुझाएको छ ।

विवाह दर्ता र वैवाहिक अंगीकृत नागरिकताको सिफारिसको लागि अदालत पठाइ नागरिकलाई अनावश्यक दुःख दिने काम भएकोले गाउँपालिकाबाटै विवाह दर्ता गरी नागरिकताको सिफारिस गर्न लोसपाले माग गरेको छ ।

मायादेवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम पन्थीलाई ज्ञापनपत्र बुझाउँदै सम्पूर्ण वडा कार्यालयमा पत्राचार गरी पहिला जस्तै नै सिफारिस गरिदिन माग गरिएको लोसपा मायादेवी गाउँपालिका कार्यसमितिका अध्यक्ष सोभनाथ यादवले बताए ।

लोसपा रुपन्देहीका अध्यक्ष अजय वर्माले गाउँपालिकाले आफूहरुले उठाएको माग ७ दिनभित्र कार्यान्वयन नगरे पार्टीकोतर्फबाट गाउँपालिका कार्यालय घेराउसहित सशक्त आन्दोलन गर्न बाध्य हुने बताए । ‘जिल्लाका अन्य पालिकाबाटै विवाह दर्ता र वैवाहिक अंगीकृत नागरिकताको सिफारिस गरिएको छ, तर मायादेवीमा दुःख दिने काम भएको छ, ’उनले भने ।

ज्ञापनपत्र बुझाउन लोसपा केन्द्रीय कार्यकारिणी सदस्य निलम यादव, लुम्बिनी प्रदेश सदस्य रामु यादव, रुपन्देही जिल्ला अध्यक्ष अजय वर्मा, नेताहरु मोहनलाल यादव, रामअधारे यादव, शैलेन्द्र पाण्डे, सोभनाथ यादव गाउँपालिका कार्यालय पुगेका थिए ।

प्रकाशित मिति : १७ पुस २०७८, शनिबार  ६ : २९ बजे

दुर्गा प्रसाईं पुनः पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पुनः पक्राउ परेका छन्

बन्दको हल्ला सुनेपछि रुपन्देहीका विद्यालयले दिए मंगलबार विदा

बुटवल । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन बहिस्कार गर्ने

जेनजी प्रदर्शनका दुई सय घाइतेको वर्गीकरण

काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा घाइते भएका दुई सय जनाको

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित

रविविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा कास्कीबाट पनि तत्काल फिर्ता नहुने

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध दायर