२ पुस २०८२, बुधबार | December 17, 2025

राष्ट्रिय सभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ता



काठमाडौं । राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन आयोगले आज उम्मेदवारी दर्ता गर्ने भएको छ ।

राष्ट्रिय सभाको निर्वाचन पुस १२ गते हुँदै छ । त्यसका लागि निर्वाचन आयोगले आज बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकेको छ ।

यस पटक राष्ट्रिय सभा निर्वाचनमा भाग लिन १२ दल दर्ता भएका छन् । जसमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, नेपाल लोकतान्त्रिक पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल परिवार दल दर्ता छन् ।

आयोगका अनुसार आज उम्मेदवारी दिएका उम्मेदवारलाई पुस २५ गते चुनाव चिह्न प्रदान गरिनेछ । त्यसपछि माघ १२ गते मतदान हुनेछ ।

राष्ट्रिय सभानमा नेकपा (एमाले) का आठ, नेकपा (एकीकृत समाजवादी) का चार, नेकपा (माओवादी केन्द्र) का चार र नेपाली कांग्रेसका तीन सदस्यको पदावधि फागुन २० गते सकिँदै छ । राष्ट्रिय सभा सदस्यको पदावधि सकिनुभन्दा ३५ दिन अघि नै चुनाव गर्नुपर्ने कानूनी व्यवस्था छ ।

राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदान हुन्छ । आयोगका अनुसार दुई हजार २५ मतदाता कायम छन् ।

यसमा प्रदेश सभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको मतभार १८ निर्धारण गरिएको छ । सबैभन्दा बढी मतभार प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछन् ।

प्रकाशित मिति : २० पुस २०७८, मंगलबार  ७ : १३ बजे

प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेस सभापति देउवा डडेलधुराबाट सिफारिस

सुदूरपश्चिम । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आसन्न

राष्ट्रिय सभा निर्वाचन : सातै प्रदेशमा तोकियो मतदान स्थल र केन्द्र

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको लागि सात वटै

एमाले ११ औ महाधिवेशन : ८ बजे सकिँदै मतदान स्थल प्रवेशको समय

काठमाडौं । मतदानमा ढिलाई हुँदै गएका कारण नेकपा एमालेको ११

३ बजे सम्ममा ६५० मत खस्यो, राति १० बजे मतदान सकिने अनुमान

काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि