४ फाल्गुन २०८२, सोमबार | February 17, 2026

राष्ट्रिय सभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ता



काठमाडौं । राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन आयोगले आज उम्मेदवारी दर्ता गर्ने भएको छ ।

राष्ट्रिय सभाको निर्वाचन पुस १२ गते हुँदै छ । त्यसका लागि निर्वाचन आयोगले आज बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकेको छ ।

यस पटक राष्ट्रिय सभा निर्वाचनमा भाग लिन १२ दल दर्ता भएका छन् । जसमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, नेपाल लोकतान्त्रिक पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल परिवार दल दर्ता छन् ।

आयोगका अनुसार आज उम्मेदवारी दिएका उम्मेदवारलाई पुस २५ गते चुनाव चिह्न प्रदान गरिनेछ । त्यसपछि माघ १२ गते मतदान हुनेछ ।

राष्ट्रिय सभानमा नेकपा (एमाले) का आठ, नेकपा (एकीकृत समाजवादी) का चार, नेकपा (माओवादी केन्द्र) का चार र नेपाली कांग्रेसका तीन सदस्यको पदावधि फागुन २० गते सकिँदै छ । राष्ट्रिय सभा सदस्यको पदावधि सकिनुभन्दा ३५ दिन अघि नै चुनाव गर्नुपर्ने कानूनी व्यवस्था छ ।

राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदान हुन्छ । आयोगका अनुसार दुई हजार २५ मतदाता कायम छन् ।

यसमा प्रदेश सभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको मतभार १८ निर्धारण गरिएको छ । सबैभन्दा बढी मतभार प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछन् ।

प्रकाशित मिति : २० पुस २०७८, मंगलबार  ७ : १३ बजे

दुर्गा प्रसाईं पुनः पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पुनः पक्राउ परेका छन्

बन्दको हल्ला सुनेपछि रुपन्देहीका विद्यालयले दिए मंगलबार विदा

बुटवल । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन बहिस्कार गर्ने

जेनजी प्रदर्शनका दुई सय घाइतेको वर्गीकरण

काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा घाइते भएका दुई सय जनाको

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित

रविविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा कास्कीबाट पनि तत्काल फिर्ता नहुने

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध दायर