११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

भाग्यमा विश्वास गर्ने यी हुन् बलिउड स्टारहरू



काठमाडौं । बलिउडका केही स्टारहरू पनि भाग्यमा विश्वास गर्छन् । त्यहीकारण उनीहरू आफ्नो फिल्मको सफलता होस् वा जिन्दगीको सफलताका लागि आफ्नो ‘लकी चार्म’लाई सँगै लिएर हिँड्ने गर्छन् ।

अभिनेता सलमान खानको ‘लकी चार्म’ उनको ब्रासलेट हो । फिरोजा पत्थर जडित सलमानको ब्रासलेट उनका लागि भाग्यशाली छ । सलमानले आफैं पनि ब्रासलेटका कारण अरुको खराब नजरबाट आफू बच्ने गरेको बताउने गरेका छन् ।

यसबाहेक उनी ईदलाई भाग्यशाली समय मान्छन् । त्यहीकारण उनी हरेक वर्षको ईदमा आफ्नो फिल्म रिलिज गर्छन् । जसकारण यो समयमा रिलिज भएका उनका अधिकांश फिल्म सुपरहिट भएका छन् ।

अभिनेत्री कटरिना कैफ आफ्नो फिल्म रिलिज हुँदाको समय अजमेर शरिफ जान्छिन् र आशीर्वाद लिन्छिन् । अभिनेत्री विद्या वालनलाई इभेन्ट वा पार्टीमा सुन्दर गाजलमा देखिने गर्छिन् । पाकिस्तानमा बन्ने गरेको हाशमी गाजलमा उनी विश्वास गर्छिन् । उनी यो गाजल आँखाको शोभा बढाउन मात्र होइन भाग्यका लागि पनि लगाउँछिन् ।

अभिनेत्री काजोललाई आफ्नो डायमण्ड स्टडेड ओम औँठीमा आफूलाई भन्दा बढी विश्वास छ । यो औँठी उनलाई पति अजय देवगनले उपहार दिएका हुन् । काजल यो आँैठीलाई दाहिने हातको औँलामा लगाउँछिन् । काजलका अनुसार यो औँठीले उनलाई शान्त रहन सहयोग पुर्‍याएको छ ।

अभिनेता अजय देवगनको वास्तविक नाम विशाल थियो, तर अभिनयमा पाइला चालेपछि उनले यो नाम बदलेर अजय राखे । उनले आफ्नो सरनेमबाट ‘ब’ पनि हटाएका छन् । यही हटाएको नामले उनलाई सफलताको शिखरमा पु¥याएको विश्वास गरिन्छ ।

अभिनेत्री शिल्पा शेट्टी आध्यात्मिक अभिनेत्रीका रुपमा चिनिन्छिन् । उनले आफ्नो दाहिने हातको औँलामा पन्ना जडित औँठी लगाएकी छन् । यो उनलाई आमाले उपहार दिएकी हुन् । शिल्पाको अनुभवमा औँठीका कारण उनको करियरमा नयाँ आयाम दिएको छ ।

अभिनेता रणवीर सिंह खुट्टामा कालो धागो बाँध्छन् । रणवीर बारम्बार बिरामी हुने गरेपछि उनकी आमाले खुट्टामा धागो बाँधिदिएकी थिइन् । यो धागो बाँधेपछि उनी बिरामीमुक्त भएका थिए ।

अभिनेत्री दीपिका पादुकोण आफ्नो हरेक फिल्म रिलिजअघि सिद्धिविनायक मन्दिर पुग्छिन् । यो मन्दिरप्रति उनको विशेष आस्था छ ।

अभिनेता अमिताभ बच्चन बलिउडका सफल कलाकारमा पर्छन् । तर, बलिउडका यी महानायकको कुनै बेला आर्थिक रुपले दयनीय अवस्था थियो । उनले फिल्म पनि पाइरहेका थिएनन् । यसपछि उनले निलम जडित औँठी लगाए । त्यसपछि मात्र उनले फिल्मबाट अफर पाउन थाले ।

अभिनेता शाहरूख खान आफ्ना लागि ‘५५५’ नम्बर भाग्यशाली मान्छन् । उनको गाडीको नम्बर प्लेटमा पनि यही संख्या छ । उनले फिल्म ‘चेन्नई एक्सप्रेस’मा आफ्नो बाइकको लाइसेन्स प्लेट नम्बरमा पनि ‘५५५’ नै जोडेका थिए ।

अभिनेता आमीर खानका लागि भाग्यशाली महिना डिसेम्बर हो । उनका हरेक फिल्म क्रिसमस या यसको आसपास रिलिज हुन्छ । यो महिना रिलिज उनका फिल्मले बक्सअफिसमा हिट व्यापार गरेका छन् ।

प्रकाशित मिति : २१ पुस २०७८, बुधबार  ८ : २९ बजे

यार्चागुम्बा सङ्कलन गर्न १३८ जनाले लिए अनुमतिपत्र

दार्चुला । दार्चुलाको हिमाली क्षेत्रमा पाइने बहुमूल्य जुडिबुटी यार्चागुम्बा सङ्कलनका

मणिमुकुन्द सेन पार्कमा ठडियो बिसे नगर्चीको सालिक

बुटवल । बुटवल – २ फुलबारीस्थित मणिमुकुन्द सेन पार्कमा बडामहाराज

सर्वोच्चको आदेश : ‘देउवा दम्पत्तिलाई पक्राउ नगर्नु’

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर

शिक्षामन्त्री पोखरेलसँग राजदूतहरुको शिष्टाचार भेट

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग युरोपेली सङ्घ (इयू)

क्यानद्वारा खेलाडी वर्गीकरण सार्वजनिक – रोहित, दीपेन्द्र, सन्दीप ‘ए प्लस’मा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ का लागि