११ बैशाख २०८१, मंगलबार | April 24, 2024

पुसको ठण्डी जस्तै चिसिएको जितु र फुलन्देको आमाको सम्बन्ध



काठमाडौं । केही समय अघिसम्म नेपाल टेलिभिजनबाट प्रसारण भएको र चर्चा कमाउन सफल कार्यक्रम हो ‘मुन्द्रेको कमेडी क्लब’ । तर, यो कार्यक्रम अहिले बन्द छ । कार्यक्रमका विषयमा देखिएको विवाद केही समय अघिसम्म सामाजिक सञ्जाल र समाचारमा छाइरहेका थिए ।

‘मुन्द्रेको कमेडी क्लब’ बन्द हुनाको पछाडि उक्त शोका प्रमुख पात्र मध्येका एक उमेश राई अर्थात ‘फुलन्देको आमा’ भएको चर्चासमेत चलेको थियो ।

कार्यक्रमका सञ्चालक जितु नेपालले पत्रकार सम्मेलन आयोजना गरेर नै राईले बिना जानकारी शो छाडेको बताए। दुवैको वाकयुद्ध केहि समय सञ्चारमाध्यमहरुमा देखिएको थियो । यतिबेला उमेश ‘डान्स च्याम्पियन’ को होस्टको रुपमा रहेका छन्। डान्स च्याम्पियन पनि मुन्द्रेको कमेडी क्लब निर्माण गरेको कम्पनीले बनाएको हो ।

जितु फेरि मुन्द्रेको कमेडी क्लब संचालनको तयारीमा रहँदा फुलन्देको आमा भने अर्को शोसंग पनि जोडिएका छन् ।

उक्त कार्यक्रमको घोषणा समारोहमा फुलन्देको आमालाई मुन्द्रेको कमेडी क्लबको नयाँ स्वरूप र यसको उपस्थितिको बारेको सोधिएको थियो । उनले आफूलाई उक्त शोको बारेमा जानकारी नभएको र कुनै सम्पर्क समेत नभएको बताएका छन् । यसबाट पनि जितु र उनको सम्बन्ध चिसिएको प्रस्ट हुन्छ ।

प्रकाशित मिति : २१ पुस २०७८, बुधबार  ९ : ३३ बजे

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा

धनगढी । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ ।

सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा

विपिन जोशीको रिहाईको पहल गरिदिन राष्ट्रपति पौडेलको कतारी अमिरलाई आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना