६ श्रावण २०८३, बुधबार | July 22, 2026

पुसको ठण्डी जस्तै चिसिएको जितु र फुलन्देको आमाको सम्बन्ध



काठमाडौं । केही समय अघिसम्म नेपाल टेलिभिजनबाट प्रसारण भएको र चर्चा कमाउन सफल कार्यक्रम हो ‘मुन्द्रेको कमेडी क्लब’ । तर, यो कार्यक्रम अहिले बन्द छ । कार्यक्रमका विषयमा देखिएको विवाद केही समय अघिसम्म सामाजिक सञ्जाल र समाचारमा छाइरहेका थिए ।

‘मुन्द्रेको कमेडी क्लब’ बन्द हुनाको पछाडि उक्त शोका प्रमुख पात्र मध्येका एक उमेश राई अर्थात ‘फुलन्देको आमा’ भएको चर्चासमेत चलेको थियो ।

कार्यक्रमका सञ्चालक जितु नेपालले पत्रकार सम्मेलन आयोजना गरेर नै राईले बिना जानकारी शो छाडेको बताए। दुवैको वाकयुद्ध केहि समय सञ्चारमाध्यमहरुमा देखिएको थियो । यतिबेला उमेश ‘डान्स च्याम्पियन’ को होस्टको रुपमा रहेका छन्। डान्स च्याम्पियन पनि मुन्द्रेको कमेडी क्लब निर्माण गरेको कम्पनीले बनाएको हो ।

जितु फेरि मुन्द्रेको कमेडी क्लब संचालनको तयारीमा रहँदा फुलन्देको आमा भने अर्को शोसंग पनि जोडिएका छन् ।

उक्त कार्यक्रमको घोषणा समारोहमा फुलन्देको आमालाई मुन्द्रेको कमेडी क्लबको नयाँ स्वरूप र यसको उपस्थितिको बारेको सोधिएको थियो । उनले आफूलाई उक्त शोको बारेमा जानकारी नभएको र कुनै सम्पर्क समेत नभएको बताएका छन् । यसबाट पनि जितु र उनको सम्बन्ध चिसिएको प्रस्ट हुन्छ ।

प्रकाशित मिति : २१ पुस २०७८, बुधबार  ९ : ३३ बजे

पहिरो खस्दा आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने

काठमाडौं । अविरल वर्षा, पहिरो र बाढीको जोखिमका कारण देशका

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न

बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’, जलवायु सचेतनासँगै मानवीय सहयोग कोष घोषणा

काठमाडौं । नेपाली कांग्रेसले विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवसका

दोलखाको सिप्रिङ खोलामा आएको बाढीले एक वृद्ध बेपत्ता, चार जना जलविद्युत् कर्मचारी जोखिममा

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका-९ स्थित सिप्रिङ खोलामा आएको बाढीले

दिल्लीमा विद्यार्थी प्रदर्शनमाथि प्रहरीको दमन, राजधानी तनावग्रस्त

नयाँ दिल्ली । भारतीय राजधानी नयाँ दिल्लीमा शिक्षा प्रणालीमा देखिएको