५ फाल्गुन २०८२, मंगलबार | February 17, 2026

एमालेको जिल्ला अधिवेशन प्रतिनिधि बनेसँगै पत्रकार महासंघको सदस्यता त्यागे विसीले



अर्घाखाँची । नेपाल पत्रकार महासंघ अर्घाखाँचीका संस्थापक सचिव सहयोगी विसी राजनीतिमा लागेपछि महासंघको सदस्यता त्याग गरेका छन् ।

एमाले अर्घाखाँची जिल्ला अधिवेशनका लागि प्रतिनिधिमा चयन भएपछि उनले २५ वर्षको पत्रकारिताको यात्राबाट विश्राम लिएका हुन् । उनले महासंघकाे सदस्यतासेमत त्यागेकाे घाेषणा गरेका छन् ।

विसीले नेपाल पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्षलाई सम्बाेधन गर्दै लेखेको पत्रमा सदस्यता खारेजीको लागि अनुरोध गरेका छन् । ‘नेपाल पत्रकार महासंघको विधान अनुसार कुनै पनि पार्टीको जिम्मेवारीमा बसेको व्यक्ति पत्रकार महासंघमा बस्न नमिल्ने व्यवस्था भएकोले आजैको मितिदेखि लागु हुने गरी नेपाल पत्रकार महासंघको साधारण सदस्य खारेजिको निम्ति महासंघको अध्यक्ष लाई निवेदन पेश गरेको छु,’ विसीले भनेका छन् ।

२०५४ मा अर्घाखाँचीमा नेपाल पत्रकार महासंघको स्थापना गर्दा सचिवको भूमिकामा रहेका विसी लामो समय पत्रकारीतामा रहेपनि त्यसयता पत्रकार महासंघको कुनै भूमिका रहेनन् ।

 

 

प्रकाशित मिति : २२ पुस २०७८, बिहिबार  ८ : १० बजे

विदेश पठाउने भन्दै ६५ लाख ठगी गर्ने चार जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले रोजगारीका

म्याग्दीका उम्मेदवारको चुनावी मुद्दा ‘वैकल्पिक सडक’ को व्यवस्था

म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीका उम्मेदवारले जिल्लाको पश्चिमी

आजको मौसम : उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल, तराईमा कुहिरो

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ

श्रीलंकाको शानदार जित, अस्ट्रेलियालाई हराउँदै सुपर आठमा प्रवेश

काठमाडौं । आईसीसी टी-२० विश्वकप अन्तर्गत समूह चरणको महत्वपूर्ण खेलमा

निर्वाचन आउन १६ दिन बाँकी : बैंक तथा वित्तीय संस्थामा खाता खोल्ने उम्मेदवारको सङ्ख्या बढ्दै

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन खर्च बैंक तथा वित्तीय संस्थाका