१३ असार २०८३, शनिबार | June 28, 2026

ए डिभिजन लिग : शुक्रबारबाट नवौँ चरणका खेल



काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगको आठौं चरणको खेल शुक्रबारबाट सुरुहुँदैछ ।

सोमबारसम्म हुने यस चरणका ७ मध्ये घरेलु टोली मनाङ मर्स्याङ्दी र च्यासल युथ क्लबको खेल पोखरा रंगशालामा आयोजना हुनेछ । बाँकी सबै खेल दशरथ रंगशालामा सञ्चालन हुने तालिका छ ।

पहिलो दिन दुई खेल आयोजना हुनेछ । दिउँसो १ बजे संकटा क्लबले सातदोबाटो युथ क्लबसँग प्रतिस्पर्धा गर्नेछ । साँझ पौने ५ बजे हुने दोस्रो खेलमा रेलिगेसन जोनको ‘ब्याटल’मा एपीएफ फुटबल क्लब र जावलाखेल युथ क्लबबीच भिडन्त हुनेछ ।

शनिबार तीन खेल हुनेछन् । १ बजे हुने खेलमा साविक विजेता मछिन्द्र फुटबल क्लबले पुछारमा रहेको फ्रेन्ड्सको चुनौती पाउनेछ । दिउँसो २ बजे पोखरामा मनाङ र च्यासल प्रतिस्पर्धा गर्दा साँझ पौने ५ बजे न्युरोड टिम एनआरटी र त्रिभुवन आर्मी फुटबल क्लब शीर्ष चारका लागि आमुने सामुने हुनेछन् ।

तेस्रो दिन तथा आइतबार एक मात्रै खेल हुनेछ । साँझ पौने ५ बजे तय खेलमा थ्री स्टार क्लबले हिमालयन शेर्पासँग प्रतिस्पर्धा गर्नेछ । यस्तै सोमबारको एक मात्रै खेलमा विभागीय टोली नेपाल पुलिसले रेलिगेसनबाट उम्कन ब्रिगेड ब्वाइज क्लब ९बीबीसी०को सामना गर्नेछ ।

जारी शीर्ष डिभिजनको लिगको सातौ चरणको खेल सकिँदा ५ जित, २ बराबरसहित अपराजित रहेको मछिन्द्र शीर्षस्थानमा १७ अंक बनाएको छ । यससँगै उसले नेपालको प्रतिनिधित्व गर्दै एएफसी कप-२०२२ छनोटमा स्थान बनायो ।

१६ अंकसहित मनाङ दोस्रो, १३ अंकको संकटा तेस्रो, समान ११ अंकका आर्मी र शेर्पा क्रमशः चौथो र पाँचौ स्थानमा छन् । समान १० अंकका थ्री स्टार र एनआरटी क्रमशः छैठौं स्थान र सातौं स्थानमा छन् ।

यता, अन्तिम खेलमा पराजित सातदोबाटो ८ खेलबाट आठौं स्थानमा झर्दा जावलाखेल ७ अंकसहित नवौं स्थानमा छ । समान ६ अंकका एपीएफ र पुलिस क्रमशः दशौं र एघारौं स्थानमा रहँदा ५ अंकको बीबीसी र च्यासल क्रमशः १२ र १३ औं स्थानसँगै रेलिगेसन जोनमा छन् । यता, फ्रेन्ड्स भने ३ अंकसहित पुछारमा छ । जारी लिगको पुछारमा रहने टोली ‘बी’ डिभिजन लिगमा घटुवा हुनेछ ।

प्रकाशित मिति : २२ पुस २०७८, बिहिबार  १२ : १९ बजे

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ‘ट्रयाज प्रणाली’ लागु

बुटवल । पश्चिम नेपालकै प्रमुख सरकारी अस्पतालको रूपमा रहेको बुटवलस्थित

रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक

कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम

भैरहवा । नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष

मनसुन थप सक्रिय हुँदै, आगामी हप्तादेखि देशभर भारी वर्षाको सम्भावना

काठमाडौं । कमजोर रहेको मनसुन अबको हप्ता निकै सक्रिय हुने

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम । प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका-९ थापा चौकस्थित एक होटलबाट