५ फाल्गुन २०८२, मंगलबार | February 17, 2026

एमालेको ६१ जिल्ला अधिवेशन सुरू, अध्यक्ष ओलीद्वारा उद्घाटन



काठमाडौं । एमालेको ६१ जिल्ला अधिवेशन सुरु भएको छ । अध्यक्ष केपी ओलीले भर्चुअल रूपमा जिल्ला अधिवेशन उदघाटनपछि सम्बोधन गरिरहेका छन् । १६ जिल्लामा भने हाललाई अधिवेशन स्थगित गरिएको छ ।

एमालेले आठ वर्षको अन्तरालपछि जिल्ला अधिवेशन गर्न लागेको हो । यतिबेलासम्म दुईपटक जिल्ला अधिवेशन भई कार्यकाल परिवर्तन हुनुपर्ने थियो। त्यसो हुन नसक्दा नेतृत्व विकासमा जाम परेको अवस्था छ।

एमाले संगठन विभागका प्रमुख खगराज अधिकारीले जिल्ला अधिवेशनको पूर्वसन्ध्यामा नेतृत्व चयनका लागि तीनबुँदे मापदण्ड जारी गरेका छन्।

त्यसअनुसार पदाधिकारी हुन दुई कार्यकाल जिल्ला कमिटी सदस्य वा एक कार्यकाल सचिवालय सदस्य भई काम गरेको हुनुपर्ने, सदस्य हुन एक कार्यकाल जिल्ला कमिटी वा त्योभन्दा मुनि एकपटक सदस्य भई काम गरेको हुनुपर्नेछ।

 

प्रकाशित मिति : २३ पुस २०७८, शुक्रबार  १ : १६ बजे

झापा-५ मा आज ओलीको चुनावी प्रतिबद्धता-पत्र सार्वजनिक हुँदै

झापा । नेकपा एमालेका अध्यक्ष तथा झापा-५ बाट प्रतिनिधिसभा सदस्य

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौं । आज स्थानीय बजारमा सुनको मूल्यमा केही कमी आएको

ग्लोबल आइएमई बैंकबाट अन्तर्राष्ट्रिय अनलाइन भुक्तानी गर्दा सेवा शुल्कमा ५० प्रतिशत छुट

काठमाडौं । ग्लोबल आइएमई बैंकबाट अन्तर्राष्ट्रिय अनलाइन भुक्तानी गर्दा सेवा

जितेन्द्र नारायण देव पुनः कांग्रेसमै फर्किए

काठमाडौं । नेकपा एमालेबाट अलग भएर बसेका जितेन्द्र नारायण देवले

पूर्वीतराई जोड्ने दिक्तेल-रेग्मीटार सडकमा घर्तीभिरको चट्टान फुटाउन सुरु

खोटाङ । प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारलाई पूर्वी तराईका जिल्लासँग