१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

एमालेको राजधानी विशेष कमिटीको घोषणा



काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संशोधित विधानअनुसार गठित राजधानी विशेष कमिटीको आज घोषणा गरिएको छ । आज आयोजित कार्यक्रममा सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा सो कमिटीको घोषणासहित आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको विशेष अभियान सुरु गरिएको छ ।

एमालेको गत भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा सम्पन्न दोस्रो विधान महाधिवेशनले काठमाडौँ उपत्यकालगायत जिल्ला कमिटीलाई समेटेर प्रदेशस्तरको सङ्गठन कमिटी गठनको व्यवस्था गरेको थियो । उक्त व्यवस्थानुसार एमालेको यही पुस २२ गतेको सचिवालय बैठकले नारायण सिलवाल (काठमाडौँ)को नेतृत्वमा पदाधिकारी तोकेको थियो ।

कमिटीको पदाधिकारीमा उपाध्यक्ष प्रेम महर्जन (ललितपुर), सचिव मिलन धरेल (उपत्यका विशेष), उपसचिवद्वय शशिजङ्ग थापा (भक्तपुर) र वेलिमाया घले (काठमाडौँ) रहेका छन् । सो कमिटीको इञ्चार्जमा पार्टीका सचिव डा राजन भट्टराई तोकिएका छन् ।

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  ६ : ०१ बजे

प्रतिनिधिसभा बैठक पुनः सुरु

काठमाडौँ । विपक्षी दलहरुको विरोधका बीच प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश

लुम्बिनी प्रदेशसभाः नीति तथा कार्यक्रममाथि छलफल सुरु

लुम्बिनी । लुम्बिनी प्रदेशसभाको आज बसेको सातौँ बैठकमा आर्थिक वर्ष

रास्वपा सांसद खरेलको ‘तमासा’  अभिव्यक्ति हटाउन नेकपाको माग

काठमाडौं । प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद जगदीश

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

काठमाडौं । नेपाल राष्ट्र बैङ्कलाई थप स्वायत्त, उत्तरदायी र प्रविधिमैत्री

मुख्य न्यायाधिवक्ताहरूको राष्ट्रिय सम्मेलन धनगढीमा सुरु

सुदूरपश्चिम । ‘समन्वय, सहकार्य र कानुनको प्रभावकारी कार्यान्वयन–सबल मुख्य न्यायधिवक्ता,