४ पुस २०८२, शुक्रबार | December 20, 2025

राष्ट्रियसभा चुनावमा पार्टीका लागि प्रतिकुल परिणाम आउनसक्छ : ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभाको रिक्त पदमा हुन लागेको चुनावमा पार्टीका लागि प्रतिकुल परिणाम आउनसक्ने स्वीकार गरेका छन् ।

एमालेका ६१ जिल्ला अधिवेशनको आज संयुक्त रुपमा उद्घाटन गर्दै अध्यक्ष ओलीले माघ १२ गते हुने राष्ट्रियसभा सदस्य चुनावको परिणाम पार्टीका लागि प्रतिकूल हुन सक्ने आंकलन गरेका हुन् ।

ओलीले पुरानै मतदाता रहेको अवस्थामा राष्ट्रियसभाको परिणामले आजको जनमतको प्रतिनिधित्व नगर्ने दाबी गरे । राष्ट्रिय सभा चुनावमा प्रदेश सांसद र स्थानीय तहका प्रमुख तथा उपप्रमुखले मतदान गर्न पाउँछन् ।

ओलीले आगामी निर्वाचनमा एमाले एक्लै चुनौतीको सामना गर्न तयार रहेको पनि बताए । एमालेसँग अहिले पनि जनमत बढी रहेको दाबी गरेका उनले एकातिर अरु पार्टी र अर्कोतिर एमाले राख्दा पनि एमाले पनि शक्तिशाली रहेको बताए ।

अध्यक्ष ओलीले आफ्नो पार्टीको हालै सम्पन्न १०औँ अधिवेशनको अध्ययनविना नै टिकाटिप्पणी भइरहेकोमा आपत्ति जनाए । उनले एमाले अधिवेशनले पारित गरेका दस्तावेजले लिएको नीति र सिद्धान्तबारे अध्ययनविना नै विभिन्न टिकाटिप्पणी भइरहेको बताएका हुन् ।

एमालेविरुद्ध हल्ला फिँजाइएको भन्दै उनले भ्रममा नपर्न कार्यकर्ता र आममानिसलाई आग्रह गरे ।

गठबन्धन र नेकपा (एकीकृत समाजवादी)प्रति कटु टिप्पणी गरेका ओलीले गठबन्धनललाई प्रतिमगनको संज्ञा दिए ।

 

प्रकाशित मिति : २३ पुस २०७८, शुक्रबार  १ : २५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको