११ भदौ २०८३, बिहिबार | August 28, 2026

माथिको आदेश भन्दै एयरपोर्टमा ममाथि अपमान गरियो : केपी ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफूलाई योजनाबद्ध रूपमा अपमान गरेको आरोप लगाएका छन्।

पार्टी केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारको व्यवहारप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।

अध्यक्ष ओलीले झापाबाट काठमाडौं फर्कंदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफूलाई अनावश्यक रूपमा जाँच गरिएको गुनासो गरे। “मलाई सुन तस्कर जस्तै गरी चेकजाँच गरेर हैरान पारियो। विदेश जाँदा पनि चिनिएका ठाउँमा यस्तो व्यवहार हुँदैन, तर हिजो विमानस्थलमा अत्यन्त हेपाहा व्यवहार गरियो,” उनले भने, “किन यस्तो भयो भनेर सोध्दा माथिबाट आदेश आएको भन्ने जवाफ पाइयो।”

सरकार अराजनीतिक र असभ्य ढंगले विपक्षी नेताहरूलाई दुःख दिने दिशामा लागेको आरोप लगाउँदै उनले भने, “यो सरकार नेताहरूको अपमान गर्ने नियतका साथ अघि बढिरहेको छ। यस्तो व्यवहार देख्दा सभ्य संसारमै छैनौँ कि जस्तो अनुभूति भयो।”

अध्यक्ष ओलीले हाल उदाएका नयाँ राजनीतिक दलहरूप्रति पनि टिप्पणी गरे। उनले ती दलहरूको भविष्य अनिश्चित रहेको भन्दै भोलिको दिशा स्पष्ट नभएको बताए।

सो क्रममा उनले गायक नारायणगोपाल को एक गीतको पंक्ति स्मरण गर्दै भने, “भोलि उठी कहाँ जाने केही थाहा छैन, फर्की आउने हो कि होइन केही थाहा छैन।” त्यसैलाई जोड्दै ओलीले भने, “नयाँ भनिएका दलहरूको यात्रा पनि त्यस्तै हो-भोलि कहाँ जाने, त्यो नै स्पष्ट छैन।”

यसैबीच, ओलीले आफूले नयाँ राजनीतिक दलका एक नेताको सामाजिक सञ्जाल स्टाटस देखेको उल्लेख गर्दै उक्त स्टाटसमा आफूलाई ‘माटोमुनि गाडिदिने’ अभिव्यक्ति आएको भन्दै आपत्ति जनाए।

प्रकाशित मिति : १० माघ २०८२, शनिबार  ३ : ५७ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा बाँकेका २७ जना सम्पर्कविहिन (नामावलीसहित)

नेपालगन्ज । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा रहेका बाँकेका २७ जना

नेपालगन्जमा पुरुष यु-१८ अलनेपाल इन्टर स्कुल फुटबल प्रतियोगिताको ट्रफी अनावरण

नेपालगन्ज । विद्यालय तहका युवा फुटबल प्रतिभालाई पहिचान तथा प्रोत्साहन

बाढी प्रभावितको उद्धार र राहतका लागि वाणिज्य बैङ्कद्वारा तीन करोड सहयोग

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार गएको बाढीबाट प्रभावित नागरिकहरूको

विश्वका सबैभन्दा घातक हिमनदीजन्य ६ विपद्

बेइजिङ । नेपालको हिमाली सीमा क्षेत्र र त्यससँग जोडिएको तिब्बतमा

‘पार्वती’को पहिलो दिनको कमाइ भोटेकोशी बाढीपीडितलाई दिइने

काठमाडौं । नेपाली चलचित्र ‘पार्वती’ को निर्माण पक्षले चलचित्र देशैभरि