११ बैशाख २०८१, मंगलबार | April 23, 2024

‘८३’ फ्लप भएपछि बायोपिक फिल्मबाट टाढिए रणवीर सिंह



काठमाडौं । भारतको ऐतिहासिक १९८३ विश्वक्रप क्रिकेट जितको कथामा आधारित रहेर बनाइएको फिल्म ‘८३’ ले बक्स अफिसमा आशातित व्यापार गर्न सकेन् । फिल्म असफल बनेपछि उनले आगामी दिनमा कुनै पनि बायोपिक फिल्ममा अभिनय नगर्ने निर्णय लिएका छन् ।

अभिनेता रणवीर निकट स्रोतका अनुसार उनलाई कैयौं बायोपिक फिल्मको अफर थिए । जसमा मेघना गुलजारको ‘सेम मानेकशा’ पनि थियो । तर अब यो फिल्ममा विक्की कौशलले अभिनय गर्ने भएका छन् । रणवीरले बायोपिक फिल्ममा चासो नदेखाएपछि विक्कीको हातमा यो फिल्म पुगेको हो ।

उनले फिल्म ‘८३’मा कपिल देवको भूमिका निर्वाह गर्नुअघि सञ्जयलीला भन्सालीको ‘बाजीराव मस्तानी’, ‘पद्मावत’ जस्ता फिल्ममा वास्तविक जिन्दगीको भूमिका निर्वाह गरेका थिए । तर अब भने उनले अनिश्चितकालका लागि बायोपिक फिल्मसँग दूरी बढाएका छन् ।

फिल्म ‘८३’ पछि रणवीर ‘जयेशभाई जोरदार’ र करण जोहारको ‘रकी और रानीकी प्रेम कहानी’मा अभिनय गर्दैछन् । ‘जयेशभाई जोरदार’मा रणवीर दक्षिण भारतीय अभिनेत्री शालिनी पाण्डेसँग रोमान्स गर्दैछन् । करणको फिल्ममा उनको केमेष्ट्री आलिया भसँग हेर्न पाइनेछ ।

प्रकाशित मिति : २३ पुस २०७८, शुक्रबार  ३ : २२ बजे

सांस्कृतिक र पर्यटन उपभोग प्रवर्द्धन गर्न चीनको पहल सुरु

गुआङझोउ । चीनमा सांस्कृति तथा पर्यटन मन्त्रालयले सांस्कृति तथा पर्यटन

६ नेपाली महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान

काठमाडौं । मलेसियाको सुपर वुमेन्स कप खेल्ने ६ नेपाली राष्ट्रिय

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिमण्डलको भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग रुसको चेम्बर्स अफ

लोकतन्त्र दिवसको सान्दर्भिकता

काठमाडौं । आज १८ औँ लोकतन्त्र दिवस । तत्कालीन राजा

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौं

काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको