२५ चैत्र २०८२, बुधबार | April 8, 2026

‘८३’ फ्लप भएपछि बायोपिक फिल्मबाट टाढिए रणवीर सिंह



काठमाडौं । भारतको ऐतिहासिक १९८३ विश्वक्रप क्रिकेट जितको कथामा आधारित रहेर बनाइएको फिल्म ‘८३’ ले बक्स अफिसमा आशातित व्यापार गर्न सकेन् । फिल्म असफल बनेपछि उनले आगामी दिनमा कुनै पनि बायोपिक फिल्ममा अभिनय नगर्ने निर्णय लिएका छन् ।

अभिनेता रणवीर निकट स्रोतका अनुसार उनलाई कैयौं बायोपिक फिल्मको अफर थिए । जसमा मेघना गुलजारको ‘सेम मानेकशा’ पनि थियो । तर अब यो फिल्ममा विक्की कौशलले अभिनय गर्ने भएका छन् । रणवीरले बायोपिक फिल्ममा चासो नदेखाएपछि विक्कीको हातमा यो फिल्म पुगेको हो ।

उनले फिल्म ‘८३’मा कपिल देवको भूमिका निर्वाह गर्नुअघि सञ्जयलीला भन्सालीको ‘बाजीराव मस्तानी’, ‘पद्मावत’ जस्ता फिल्ममा वास्तविक जिन्दगीको भूमिका निर्वाह गरेका थिए । तर अब भने उनले अनिश्चितकालका लागि बायोपिक फिल्मसँग दूरी बढाएका छन् ।

फिल्म ‘८३’ पछि रणवीर ‘जयेशभाई जोरदार’ र करण जोहारको ‘रकी और रानीकी प्रेम कहानी’मा अभिनय गर्दैछन् । ‘जयेशभाई जोरदार’मा रणवीर दक्षिण भारतीय अभिनेत्री शालिनी पाण्डेसँग रोमान्स गर्दैछन् । करणको फिल्ममा उनको केमेष्ट्री आलिया भसँग हेर्न पाइनेछ ।

प्रकाशित मिति : २३ पुस २०७८, शुक्रबार  ३ : २२ बजे

विश्व बैंकको सहयोगमा ‘डिजिटल’ रूपान्तरण परियोजना कार्यान्वयन हुँदै

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा। विक्रम तिमिल्सिनासँग नेपालका

सुदूरपश्चिममा दश प्रतिशतले बढ्यो गरिबी

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा १० प्रतिशतले गरिबी बढेकामा प्रदेश सरकारले

चितवनबाट बुटवल ल्याइएको बोडीमा उच्च विषादी, १२० केजी नष्ट

बुटवल । बुटवलस्थित बुटवल कृषि उपज थोक बजार केन्द्रमा बिक्रीका

बुटवल प्रहरीको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान : १३ ओटा मोटरसाइकल ग्यारेजमा सचेतना सुरु (फोटो फिचरसहित)

बुटवल । बुटवल प्रहरीले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान

देउवा दम्पत्तिविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवं पूर्वमन्त्री