२ पुस २०८२, बुधबार | December 17, 2025

बाँकेमा आज फेरि बाघले मान्छे खायो



नेपालगन्ज । बाँकेको राप्तीसोनारीमा आज (शनिबार) फेरि बाघको आक्रमणबाट एकजनाको ज्यान गएको छ । बाघ आक्रमणबाट सोही गाँउपालिका बैजापुरकी लिला बिष्टको ज्यान गएको दुईदिन पछि आज फत्तेपुरकी ३० वर्षिया चाँदनी थारुको बाघ आक्रमणबाट मृत्यु भएको हो ।

अस्ती बिहिबार मात्र बाँके राप्तीसोनारी गाउँपालिका वडा नम्बर–४ प्रसोहनाकी लिला विष्टको बाघले आक्रमण गरेर मृत्यु भएको थियो । आज शनिबार राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ फत्तेपुरको हब्रहवा घर भएकी ३० वर्षिया थारुको बाघको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ । फत्तेपुर जंगलमा दाउरा लिन गएको बेला चाँदनीलाई एक्कासी बाघले झम्टेर लगेको थियो । बाघ आक्रमणमा परेकी चाँदनीको खबर पाए लगत्तै फत्तेपुर प्रहरी चौकीका प्रहरी सहित स्थानीय खोजतलासमा जुटेको केहीबेरमा नै चाँदनीको शव भेटिएको फत्तेपुर प्रहरीले जनाएकोछ ।

यस्तै गत कार्तिक २५ गते गाई चराउन जङ्गल गएका नरैनापुर गाउँपालिका वडा नम्बर– ४ पण्डितपुरुवाका लखन गडरियाको पनि बाघ आक्रमणबाट मृत्यु भएको थियो ।

यसअघि पनि पुष ३ गते जनसिद्धेश्वर बहुमुखी क्याम्पस फत्तेपुरका प्रमुख लोकमणी बटाला बाघको आक्रमणबाट बच्न सफल भएका थिए । क्याम्पसबाट शनिबार बिहान साढे ६ बजे राप्तिसोनारी गाउँपालिका वडा नम्बर –५ गोरधुईतर्फ मोटरसाईकलमा जाँदै गर्दा आलीनगरमा पर्ने थारुमरैला खोलामा बाघले झम्टिन खोज्दा क्याम्पस प्रमुख बटाला भाग्न सफल भएका थिए ।

राप्तीसोनारी क्षेत्रमा पटक–पटक बाघ देखिएपछि बाँके राष्ट्रिय निकुञ्जले मान्छे खाने बाघ नियन्त्रण गर्न दुई वटा घरपालुवा हात्तिसहितको टोली परिचालन गरेपनि नरभक्षि बाघ निकुञ्जले नियन्त्रणमा लिन सकेको छैन ।

प्रकाशित मिति : २४ पुस २०७८, शनिबार  २ : ३४ बजे

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन