१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

चितवन एमालेको अधिवेशन स्थगित, अध्यक्ष चुन्ने जिम्मा अध्यक्ष मण्डललाई



चितवन । नेकपा (एमाले) चितवनको १०औं जिल्ला अधिवेशन स्थगित गरिएको छ । अधिवेशनअन्तर्गत आज भएको बन्दसत्रमा नेतृत्वले अध्यक्षमा सहमति गराउन सकेन । आइतबार चितवन महोत्सव उद्घाटन हुने कार्यक्रम रहेकाले २६ पुससम्मको लागि अधिवेशन स्थगित गरिएको छ ।

अध्यक्षका लागि रामप्रसाद न्यौपाने, कृष्ण भुर्तेल, तेजेन्द्र खड्का र कमल पाठकले आकांक्षा देखाएकोमा पाठकले न्यौपानेलाई समर्थन गर्ने भएका छन् । आफू उपाध्यक्षमा बस्ने भन्दै उनले न्यौपानेलाई अध्यक्षमा समर्थन गरेका हुन् । अध्यक्षमा आकांक्षा देखाएका खड्काले पनि अध्यक्षमा दाबी नरहेको प्रतिक्रिया दिएका छन् ।

बाँकी तीन आकांक्षीहरूमा पनि सहमतिबाटै अध्यक्ष चयन गर्ने प्रयास गरिएको छ । सर्वसम्मतिबाट अध्यक्ष चयन गर्न ११ सदस्यीय अध्यक्ष मण्डल बनाइएको छ । अध्यक्ष मण्डलमा जिल्ला अध्यक्ष पार्वती रावल र पूर्वअध्यक्ष कृष्णभक्त पोखरेलसहित चितवनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका नेताहरू छन् ।

शनिबार भएको बन्दसत्रमा आर्थिक, सांगठनिक प्रतिवेदनमाथि समूहगत छलफलपछि पारित भएका छन् । त्यस्तै, जिल्ला कमिटीमा रहन चाहने इच्छुक नेताहरूको सूची बनाएर अध्यक्ष मण्डललाई दिइएको छ ।

न्यौपानेको सम्भावना बलियो

जिल्ला अध्यक्षका आकांक्षी रामप्रसाद न्यौपाने एमाले अध्यक्ष केपी ओली निकटका भएकाले पनि अबको अध्यक्ष न्यौपाने नै हुने सम्भावना बलियो छ । विगतमा एमालेको माधवकुमार नेपाल पक्षमा रहेका नेताहरूले अध्यक्षमा जोडदार माग गर्न सक्ने अवस्था छैन ।

अध्यक्ष चुन्ने जिम्मा अध्यक्ष मण्डललाई दिइएको अध्यक्षका आकांक्षी तेजेन्द्र खड्काले बताए । ‘सहमतिका लागि अध्यक्ष मण्डललाई म्यान्डेट दिएको छ’, उनले भने, ‘मैले पनि सहमतिको लागि भनेर नेतृत्वलाई जिम्मा दिएको हो ।’

अधिवेशनका लागि स्थानीय तह र पेसागत सङ्गठनहरूबाट एक हजार ६०० प्रतिनिधि आएका छन् । अध्यक्षका आकांक्षी कृष्ण भुर्तेलले पनि सहमतिका लागि लचक बनेको बताए । काम विशेषले आफू बन्द सत्रमा बस्न नपाएको उनले बताए ।

प्रकाशित मिति : २४ पुस २०७८, शनिबार  ९ : १३ बजे

निरजलाई सूर्य नेपाल काठमाडौं ओपनको उपाधि

काठमाडौं । कोर्स रेकर्ड बराबरी गर्दै समग्रमा ८-अन्डर २ सय

भुतुङ्ग-छापचौर तराई सम्पर्क समाजको शुभकामना आदान प्रदान

बुटवल । भुतुङ्ग-छापचौर तराई सम्पर्क समाजको आयोजनामा शुभकामना आदान प्रदान

जनताका मुद्धालाई केन्द्रमा राख्दै कम्युनिष्ट आन्दोलनलाई एकतातर्फ लैजानुपर्छ : अध्यक्ष नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार

धरौटीमा रिहा गर्ने आदेश भएको एक सातापछि दिपेश पुन धरौटी बुझाएर रिहा

बुटवल । सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलन प्रकरणमा

अवैध डेढ केजी बढी सुन र डेढ करोड रकम सहित सात जना पक्राउ

काठमाडौं ।अवैध सुनको कारोवारमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका(२४ स्थितबाट