५ फाल्गुन २०८२, मंगलबार | February 17, 2026

बाँके एमालेमा सर्वसम्मत नहुनुमा महासचिव शंकर पोखरेलको हात !



नेपालगन्ज । नेकपा एमाले बाँकेको जिल्ला अधिवेशन रोमान्चित मोडमा पुगेको छ । अध्यक्ष मण्डलको सर्व सम्मतको प्रस्ताव असफल भएसँगै जिल्ला अधिवेशन रोमान्चित मोडमा पुगेको हो ।

निर्वाचन नगरी सर्वसम्मत घोषणा गराउने प्रयासमा एमाले महासचिव शंकर पोखरेलले आफै भाँजो होलेको एमाले बाँकेका कार्यकर्ताहरुले बताएका छन् । पार्टीको स्थानीय राजनीतिमा खासै भुमिका नभएका डिल्ली बिसीलाई एकाएक चर्चामा ल्याएर अध्यक्षको दाबेदार बनाउने काम महासचिव पोखरेलले गरेपछि बाँके एमाले अधिवेशनले फरक मोड लिएको बताइएको छ ।

जनप्रतिनिधिका रुपमा उत्कृष्ठ काम गरेको र पार्टीलाई संकट परेका बेला केपी ओलीलाई दरिलो साथ दिएका बाँके खजुरा गाँउपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिका विरुद्ध महासचिव पोखरेलले अध्यक्षमा डिल्ली बिसीलाई उम्मेदवारका रुपमा चर्चा चलाइदिएपछि सहजताका साथ अगाडी बढेको बाँके एमाले राजनीतिले नयाँ मोड लिएको हो ।

निर्विकल्प अध्यक्षका रुपमा हेरिएको कक्षपतिका विरुद्ध यो समाचार तयार पार्दा सम्म कक्षपतिकै जेठान अशोक कर्माचार्य र एमाले विभाजन पूर्व माधव नेपाल खेमामा देखिएका निरक गुरुङको उम्मेदवारी परेको छ । सुरुमा अध्यक्षका रुपमा चर्चा चलाइएका डिल्ली बिसीलाई महासचिव पोखरेलकै आशिर्वादमा उपाध्यक्षमा निर्विरोध बनाइएको छ भने ओलीका पक्षमा लगातार उभिएका कक्षपतिलाई निर्वाचनमा भिड्नुपर्नेमा अवस्थामा पु¥याइएको छ । ओली पक्षको रक्षा कवचका रुपमा उभिएका तथा स्थानीय निकाय संचालनमा देशभरमै चर्चा कमाएका कक्षपतिलाई सर्वसम्मत अध्यक्ष बनाउनुपर्ने ओली पक्षका कार्यकर्ताहरुको माग छ ।

जनतामा लोकप्रिय बनेका कक्षपतिका विरुद्ध पुराना कम्युनिष्ट नेता अशोक कर्माचार्यलाई भिडाएर गुरुङको पल्ला भारी बनाउने खेल भएको बाँकेका एक एमाले कार्यकर्ताले बताए । गुरुङले उम्मेदवारी फिर्ता लिएको अवस्थामा भने कर्माचार्यको पनि उम्मेदवारी नरहने अनुमान गरिएको छ ।

उता मनपेट माधव नेपालतिर रहेपनि शरिर एमालेमा अड्याएका युवा नेता रत्न खत्रीका विरुद्ध महासचिव पोखरेलकै निर्देशनमा कोहलपुर क्षेत्रका पुराना एमाले कार्यकर्ता बलराम भट्टराईलाई उठाएर खत्रीको राजनीतिक भविश्य धरापमा पारिएको छ । पार्टी विभाजनको अन्तिम अवस्था सम्म माधव नेपाल कित्तामा रहेका खत्री अन्तिममा एमाले मै अडिएका थिए । फरक विचारका नेताहरुलाई पाखा लगाउने योजना अन्तर्गत खत्रीका विरुद्ध उम्मेदवारी दिन लगाइएको एमाले स्रोतको दावी छ ।

एमालेमा केन्द्रीय राजनीतिमा केपी ओलीकै खेमामा रहेपनि अध्यक्षका दावेदार कक्षपतिले सिधै प्रदिप ज्ञवाली र केपी ओलीसँग सम्बन्ध बनाउन खोजेपछि शंकर पोखरेल कक्षपतिसँग असन्तुष्ट रहेको एमालेकै अर्को स्रोतले जनाएको छ ।

२ जना उपसचिव पदका लागि ५ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिका सदस्य भेषराज बस्नेतले जानकारी दिए । बाँकेमा १२० सदस्सीय जिल्ला कमिटी चयनका लागि १ हजार ३ सय बढी जिल्ला अधिवेशनका प्रतिनिधि रहेका छन् ।

प्रकाशित मिति : २४ पुस २०७८, शनिबार  १० : ३३ बजे

अतिवाद र आचारसंहिता उल्लङ्घनप्रति नेकपा असन्तुष्ट, स्वच्छ र निष्पक्ष निर्वाचन सुनिश्चित गर्न आग्रह

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले स्वच्छ, निष्पक्ष र भयमुक्त

काठमाडौंमा बढ्दै छ वायु प्रदूषण, सचेत रहन आग्रह

काठमाडौं । काठमाडौं उपत्यकामा वायु प्रदूषण बढेको छ । सोमबार

काठमाडौँमा गत माघमा ९७६ अपराधका मुद्दा दर्ता

काठमाडौँ । काठमाडौँ जिल्लामा गत माघ महिनामा ९७६अपराधका मुद्दा दर्ता

मतपत्र छपाइ सकियो, १० दिनभित्र सबै ठाउँमा मतपत्र पुग्ने

भक्तपुर । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

झापा-५ मा आज ओलीको चुनावी प्रतिबद्धता-पत्र सार्वजनिक हुँदै

झापा । नेकपा एमालेका अध्यक्ष तथा झापा-५ बाट प्रतिनिधिसभा सदस्य