५ फाल्गुन २०८२, मंगलबार | February 17, 2026

तिनाउ-दानव करिडोरको विरोध गर्दै बुटवल उपमहानगरपालिकामा विरोध प्रदर्शन



बुटवल । तिनाउ र दानव नदी किनारका बासिन्दाले आइतबार बुटवल उपमहानगरपालिकामा प्रदर्शन गरेका छन् । उनीहरुले निर्माण भइरहेको तिनाउ-दानव करिडोर निर्माणको काम रोक्न माग गर्दै उपमहानगरको गेट अगाडि नाराबाजी गरेका हुन् ।

करिडोर क्षेत्रका स्थानीयले आफूहरुलाई सहि व्यवस्थापन नगरि करिडोर निर्माण गर्न लागेको भन्दै संघर्षका कार्यक्रमहरु गर्दै आएका छन् । दानव नदी करोडर क्षत्रका विभिन्न टोलका स्थानीयहरुले बुटवल नगर परिक्रमा गर्दै उपमहानगरको गेट अगाडि पुगेर धर्ना दिएका छन् । उनिहरुले ‘कोरिडोर चाहिँदैन, सुकुम्बासी मास्न पाइँदैन’ लगायतका नारा लगाएका थिए ।

बुटवल उपमहानगरको महत्वकांक्षी योजनाका रुपमा रहेको तिनाउ र दानव नदी करिडोरको ठेक्का सम्झौता भएको लामो समयपछि कार्यान्वयनको चरणमा गएपनि स्थानीयले अबरोध सिर्जना गर्न थालेका छन् ।

गत वर्षको मंसिर १० गते तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले करिडोरको शिलान्यास गरी तत्कालै काम अघि बढाउन निर्देशन दिए पनि घर-जग्गा व्यवस्थापनको टुङ्गो नलाग्दा अन्यौलता बढेको छ ।

तिनाउ नदी र दानव नदीको दीर्घकालीन व्यवस्थापन तथा पर्यटनको विकासका लागि नदी किनारमा सडक निर्माणको काम सुरु गर्नुपर्ने भएपनि त्यस क्षेत्रमा पर्ने घर, टहराहरुको व्यवस्थापन नहुँदा यो समस्या सिर्जना भएको हो ।

करिडोर क्षेत्रभित्रका सबै घर-टहरा तथा जग्गाका समस्याहरु समाधान गरेर मात्रै निर्माणको काम सुरु गर्नु पर्ने आफूहरुको माग रहेको संघर्ष समितिका संयोजक आत्मबहादुर रानाले बताए । बुटवल उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले भने करिडोर क्षेत्रमा पर्ने बस्तीलाई व्यवस्थापन गर्नका लागि काम भइरहेको बताए ।

विकासको काममा कसैले पनि अवरोध गर्न उचित नहुने बताउँदै उनले करिडोर प्रभावित जनताका मागलाई उचित रुपले सम्बोधन गरिने बताउँदै आएका छन् ।

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  १ : ०७ बजे

गोकर्णको सपना : गुल्मी राष्ट्रिय प्रसारण लाइनमा जोडियो, १३२ केभी विद्युत प्रवाह सुरु

गुल्मी । लामो प्रतीक्षापछि गुल्मी जिल्ला राष्ट्रिय विद्युत प्रसारण प्रणालीसँग

२० अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको

नेकपा (संयुक्त)द्वारा घोषणापत्र सार्वजनिक, विदेशी सहयोगमा निर्भरता अन्त्य गर्ने (पूर्णपाठसहित)

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी ९संयुक्त०ले आफ्नो

लुम्बिनी प्रादेशिक अस्पतालमा वक्तृत्वकला प्रतियोगिता

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मंगलबार वक्तृत्वकला प्रतियोगिता सम्पन्न

राष्ट्रिय एकताको भावना सुदृढ बनाउनु हाम्रो साझा दायित्व हो : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल र नेपालीको प्रतिष्ठा अभिवृद्धिमा