४ श्रावण २०८३, सोमबार | July 20, 2026

२० अङ्कले घट्यो नेप्से परिसूचक



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक २० दशमलव ७५ अङ्कले घटेर दुई हजार ६४२ दशमलव १५ मा पुगेको हो ।

आज ३५४ कम्पनीको दुइ करोड पाँच लाख ५९ हजार ५५ कित्ता शेयर ८३ हजार ७५ पटक खरिदबिक्री हुँदा रु आठ अर्ब ३६ करोड ४४ लाख २४ हजार २४ हजार ५५५ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

म्युचुअल फन्ड उपसमूहको सूचक शून्य दशमलव ५६ र व्यापार समूह शून्य दशमलव २२ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ शून्य दशमलव ४५, विकास बैंक एक दशमलव १८, वित्त दुई दशमलव ११, होटल तथा पर्यटन एक दशमलव १९, जलविद्युत् एक दशमलव ६३, लगानी शून्य दशमलव ८१, उत्पादन तथा प्रशोधन शून्य दशमलव ७३, लघुवित्त शून्य दशमलव ५०, निर्जीवन बीमा शून्य दशमलव ७५ र अन्य समूह शून्य दशमलव ५८ प्रतिशतले घटेको छ ।

सलपा विकास बैंक लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने सुपर माई हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै रिडि पावर कम्पनी लिमिटेडको रु ५३ करोड ३६ लाख १४ हजार ८४२ बराबरको १५ लाख ९९ हजार ३८४ कित्ता शेयर कारोबार भएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०८२, मंगलबार  ३ : ४६ बजे

कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९३० पुग्यो

बुनिया । कङ्गोमा फैलिएको इबोलाको प्रकोपबाट मृत्यु हुनेको सङ्ख्या कम्तीमा

‘लेबल’ नभएका र न्यून गुणस्तरका खाद्यवस्तु बिक्री नगर्न विभागको आग्रह

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लेबल नभएका,

बुधबारदेखि वर्षा कम हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बुधबारदेखि वर्षा क्रमश

पुँजी बजार छलफलकै दिन नेप्सेमा उत्साह, परिसूचक ४१.७० अंकले बढ्यो

काठमाडौं । साताको कारोबारमा नेपाली शेयर बजारले उल्लेखनीय सुधार देखाएको

पुँजी बजार सुधारका एजेन्डासहित प्रधानमन्त्रीसँग सरोकारवालाको छलफल, लगानीमैत्री नीति ल्याउने प्रतिबद्धता

काठमाडौं । पुँजी बजार, धितोपत्र तथा बिमा क्षेत्रका प्रतिनिधिहरूले प्रधानमन्त्री