५ फाल्गुन २०८२, मंगलबार | February 17, 2026

बलात्कारको घटना ढाकछोप गरेको आरोपमा जनप्रतिनिधि र शिक्षक पक्राउ



धनगढी । बलात्कार जस्तो जघन्य अपराध ढाकछोप गर्न खोजेको आरोपमा कैलालीमा जनप्रतिनिधि, शिक्षकसहित पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलाली घोडाघोडी नगरपालिका–४ का वडा सदस्य लक्ष्मीरुद्र न्यौपाने, सोही वडाका शिक्षक प्रकाश सुवेदी, शिक्षक होमप्रसाद सुवेदी, पूर्व वडा सचिव यज्ञराज आचार्य र राजु भट्टराई छन् । १५ मंसिरमा स्थानीय ७७ बर्षीया महिलामाथि भएको बलात्कारको घटना ढाकछोप गर्न भूमिका खेलेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए ।

‘घोडाघोडीकी ७७ बर्षीया वृद्धामाथि बलात्कार भएको थियो,ु प्रहरी प्रवक्ता जोशीले भने, ‘१५ मंसिरमा बलात्कार हुँदा १२ पुसमा मात्रै उजुरी आएपछि अनुशन्धान गर्दा वडा सदस्यसहित पाँच जनालाई पक्राउ गरेर छानबिन थालिएको छ ।’ उनका अनुसार पीडित महिलाका छोराले १२ पुसमा मात्रै इलाका प्रहरीका सुख्खडमा बलात्कार भएको भन्दै उजुरी दिएका थिए । १५ मंसिरमा भएको घटनामा उजुरी दिन किन ढिलाई भन्ने प्रश्नमा पीडित पक्षले जनप्रतिनिधि र शिक्षकको दबाबका कारण ढिलाई भएको जवाफ दिएको प्रहरी प्रवक्ता जोशीले बताए ।

प्रहरी प्रवक्ता जोशीले आर्थिक लेनदेनको विषयमा कुरा नमिलेका कारण घटना ढिला गरी मात्रै बाहिरिएको हुन सक्ने बताए । ‘सुरुमा तीन लाखमा कुरा भएको देखिन्छ,’ प्रवक्ता जोशीले भने, ‘तर पछि भने जनि पैसा नपाइएपछि आफन्त प्रहरी कहाँ पुगेका हुन सक्छन्, यस विषयमा थप अनुसनधान भइरहेको छ ।’ पीडित पक्षले भने जनप्रतिनिधिको दबाबका कारण उजुरी दिन ढिलाई भएको भन्ने जवाफ दिएका छन् । घटनामा संलग्न भएको आश‌का गरिएका ३(४ जना भने अझै पक्राउ परेका छैनन् ।

 

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  १ : ४० बजे

गोकर्णको सपना : गुल्मी राष्ट्रिय प्रसारण लाइनमा जोडियो, १३२ केभी विद्युत प्रवाह सुरु

गुल्मी । लामो प्रतीक्षापछि गुल्मी जिल्ला राष्ट्रिय विद्युत प्रसारण प्रणालीसँग

२० अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको

नेकपा (संयुक्त)द्वारा घोषणापत्र सार्वजनिक, विदेशी सहयोगमा निर्भरता अन्त्य गर्ने (पूर्णपाठसहित)

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी ९संयुक्त०ले आफ्नो

लुम्बिनी प्रादेशिक अस्पतालमा वक्तृत्वकला प्रतियोगिता

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मंगलबार वक्तृत्वकला प्रतियोगिता सम्पन्न

राष्ट्रिय एकताको भावना सुदृढ बनाउनु हाम्रो साझा दायित्व हो : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल र नेपालीको प्रतिष्ठा अभिवृद्धिमा