५ फाल्गुन २०८२, मंगलबार | February 17, 2026

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व ग्रहण गरी संघीय सरकारलाई हस्तान्तरण गर्दै भरतपुर महानगर



काठमाडौं । धुर्मुस-सुन्तली फाउन्डेसनले हात झिकेपछि गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व भरतपुर महानगरपालिकाले लिने भएको छ ।

फाउन्डेसनले दिएको आर्थिक र प्राविधिक प्रतिवेदनको सरकारी पक्षबाट मूल्यांकन गरिसकेपछि रंगशालाको स्वामित्व भरतपुर महानगरपालिकाले लिने र संघीय सरकारलाई हस्तान्तरण गर्ने महानगर प्रमुख रेणु दाहालले बताएकी छन् ।

धुर्मुस-सुन्तली फाउन्डेसनले आफूलाई १७ करोड ऋण लागिसकेको र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरबाट पनि सोचेअनुरूपको सहयोग प्राप्त नभएकाले महानगरलाई स्वामित्व लिन आग्रह गरेको र महानगर रंगशालाको स्वामित्व लिने अघि बढेको उनको भनाइ छ ।

सरकार जिम्मेवारीबाट पन्छिन नमिल्ने भन्दै रंगशाला बनाउँदा लागेको ऋण र बहुवर्षीय योजनाअनुसार काम अघि बढाउन संघीय सरकारलाई आग्रह गर्ने उनले बताइन् ।

‘रंगशाला निर्माणका लागि महानगरपालिकाले १० करोड सहयोग जुटाएर सहयोग गरेको हो । महायज्ञ लगाएर १७-१८ करोड पनि जुटेको हो । चितवनका ३० हजार बढीले रंगशालामा सहयोग गरेका छन् । तर, राष्ट्रिय अन्तर्राष्ट्रियस्तरबाट जुन सहयोगको आशा गरिएको थियो, त्यो जुट्न सकेन । फाउन्डेसनले पनि आर्थिक अभावकै कारण देखाएर सकिनँ भनेको छ । अब के गर्ने सरकार जिम्मेवारीबाट पन्छिन मिल्दैन,’ दाहालले पत्रकारहरूको कुराकानीमा भनिन् ।

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  ४ : ३४ बजे

कांग्रेसमा कोइराला परिवारको उदाउँदो नक्षर सुधान्सु कोइराला

नेपालगन्ज । ४४ बर्षीय युवा शुधान्सु कोइराला, नेपाली कांग्रेसको तर्फबाट

गोकर्णको सपना : गुल्मी राष्ट्रिय प्रसारण लाइनमा जोडियो, १३२ केभी विद्युत प्रवाह सुरु

गुल्मी । लामो प्रतीक्षापछि गुल्मी जिल्ला राष्ट्रिय विद्युत प्रसारण प्रणालीसँग

२० अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको

नेकपा (संयुक्त)द्वारा घोषणापत्र सार्वजनिक, विदेशी सहयोगमा निर्भरता अन्त्य गर्ने (पूर्णपाठसहित)

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी ९संयुक्त०ले आफ्नो

लुम्बिनी प्रादेशिक अस्पतालमा वक्तृत्वकला प्रतियोगिता

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मंगलबार वक्तृत्वकला प्रतियोगिता सम्पन्न