२ पुस २०८२, बुधबार | December 17, 2025

आज पनि भारतबाट नेपालगन्जमा भित्रिए ३९ जना कोरोना संक्रमित नेपाली



नेपालगन्ज । नेपाल भारत सीमानाका अन्तर्गत नेपालगन्जको जमुनाहा नाकाबाट दिनदिनै कोरोना संक्रमित भित्रनेको संख्या बढ्दै गएको छ । अघिल्लो साता एक अंकमा सिमित रहेको संक्रमित भित्रिनेको संख्या पछिल्लो ३ दिन देखि २ अंकमा उकालो लागेको छ ।

आईतबार एकैदिनमा नेपालगन्जमा ३९ जना संक्रमितहरु भारतबाट भित्रिएका छन् । ६७५ जनाको एन्टिजेन परिक्षण गर्दा १३ जना पुरुष र २६ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन समितिले जनाएको छ ।

पुस २२ गते २३ जनामा संक्रमण पुष्टि भएको जमुनाहा नाकामा पुस २३ गते २६ जना र पुस २४ गते ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

संक्रमण देखिएका सबैलाई नेपालगन्ज स्थित बाल मन्दिर आइसोलेसनमा राखी व्यवस्थापन गरिएको बाँकेका कोरोना फोकलपर्शन तेज वलीले जानकारी दिए ।

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  ८ : ४२ बजे

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन