५ फाल्गुन २०८२, मंगलबार | February 17, 2026

आज पनि भारतबाट नेपालगन्जमा भित्रिए ३९ जना कोरोना संक्रमित नेपाली



नेपालगन्ज । नेपाल भारत सीमानाका अन्तर्गत नेपालगन्जको जमुनाहा नाकाबाट दिनदिनै कोरोना संक्रमित भित्रनेको संख्या बढ्दै गएको छ । अघिल्लो साता एक अंकमा सिमित रहेको संक्रमित भित्रिनेको संख्या पछिल्लो ३ दिन देखि २ अंकमा उकालो लागेको छ ।

आईतबार एकैदिनमा नेपालगन्जमा ३९ जना संक्रमितहरु भारतबाट भित्रिएका छन् । ६७५ जनाको एन्टिजेन परिक्षण गर्दा १३ जना पुरुष र २६ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन समितिले जनाएको छ ।

पुस २२ गते २३ जनामा संक्रमण पुष्टि भएको जमुनाहा नाकामा पुस २३ गते २६ जना र पुस २४ गते ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

संक्रमण देखिएका सबैलाई नेपालगन्ज स्थित बाल मन्दिर आइसोलेसनमा राखी व्यवस्थापन गरिएको बाँकेका कोरोना फोकलपर्शन तेज वलीले जानकारी दिए ।

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  ८ : ४२ बजे

काठमाडौं-६ : मतदाता भन्छन् – ‘गरिखाने वातावरण देऊ’

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति जतिजति नजिक हुँदै

बुर्तिबाङ-ढोरपाटन सडक निर्माण धमाधम

बागलुङ । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन जोड्ने सडक

झापा-५ मा केपी ओलीद्वारा ४२ बुँदे प्रतिबद्धता सार्वजनिक (पूर्णपाठसहित)

झापा । नेकपा (एमाले)का अध्यक्ष तथा झापा क्षेत्र नं. ५

तीन किलो चाँदीसहित एक जना पक्राउ

काठमाडौं । चन्द्रागिरी नगरपालिका- २ नागढुङ्गास्थित ‘चेक प्वाइन्ट’बाट रु १२

कांग्रेसमा कोइराला परिवारको उदाउँदो नक्षर सुधान्सु कोइराला

नेपालगन्ज । ४४ बर्षीय युवा शुधान्सु कोइराला, नेपाली कांग्रेसको तर्फबाट