५ फाल्गुन २०८२, मंगलबार | February 17, 2026

गुल्मी उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व



गुल्मी । ईश्वरीप्रसाद पौडेलको अध्यक्षतामा १८ सदस्यीय गुल्मी उद्योग वाणिज्य संघको सर्वसम्मत नयाँ नेतृत्व चयन भएको छ । संघको ३०औं अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको हो । समितिको वरिष्ठ उपाध्यक्षमा रामप्रसाद पन्थी, मृगेन्द्रप्रसाद श्रेष्ठ र ताराप्रसाद भुसाल निर्वाचित भएका छन् ।

संघको महासचिवमा ईश्वरी बेल्वासे, सचिवमा चेत नारायण पाण्डे, कोषाध्यक्षमा विष्णु अधिकारी र सहकोषाध्यक्षमा ईश्वरी कँडेल निर्वाचित भएका छन् । अधिवेशनको उद्घाटन उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशमा अध्यक्ष कृष्ण शर्माले गरेका थिए ।

उद्योग वाणिज्य संघले अक्सिजन प्लाण्ट सञ्चालनको लागि भौतिक संरचना निर्माण गरेको छ । कोभिड महामारीकै सन्दर्भमा स्वास्थ्य सामग्री वितरण, विपद्, दुर्घटना र कृषि पर्यटन लगायतका सामाजिक क्षेत्रमा पनि सहयोग गर्दै आएको उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष पौडेलले बताए ।

उनले अघिल्ला कार्यसमितिबाट तम्घासमा सिसि क्यामेरा राख्ने, सडक बालबालिकालाई लत्ताकपडा वितरण गर्ने, पर्यटक विकासको लागि होमस्टे सञ्चालन तथा रेसुङ्गा सिडी तथा धारा निर्माणमा सहयोग गरिएको पौडेलले बताए ।

उनले तम्घासको सरसफाइ, खेल क्षेत्र, सांस्कृतिक मेला महोत्सव र व्यावसायिहरूको व्यावसायिक क्षमता विकासका कार्यक्रमहरू गर्दै आएकोले अब पनि अझै रचनात्मक काम गरिने बताए ।

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  ९ : ०४ बजे

काठमाडौं-६ : मतदाता भन्छन् – ‘गरिखाने वातावरण देऊ’

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति जतिजति नजिक हुँदै

बुर्तिबाङ-ढोरपाटन सडक निर्माण धमाधम

बागलुङ । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन जोड्ने सडक

झापा-५ मा केपी ओलीद्वारा ४२ बुँदे प्रतिबद्धता सार्वजनिक (पूर्णपाठसहित)

झापा । नेकपा (एमाले)का अध्यक्ष तथा झापा क्षेत्र नं. ५

तीन किलो चाँदीसहित एक जना पक्राउ

काठमाडौं । चन्द्रागिरी नगरपालिका- २ नागढुङ्गास्थित ‘चेक प्वाइन्ट’बाट रु १२

कांग्रेसमा कोइराला परिवारको उदाउँदो नक्षर सुधान्सु कोइराला

नेपालगन्ज । ४४ बर्षीय युवा शुधान्सु कोइराला, नेपाली कांग्रेसको तर्फबाट