११ भदौ २०८३, बिहिबार | August 28, 2026

विश्वयुद्धका योद्धाको सम्मानमा लाहुरे गाउँमा ‘गोर्खा ग्यालरी’



गुल्मी । विश्वयुद्धमा लडेका नेपाली योद्धाको सम्मानमा सत्यवती गाउँपालिका–८ को लाहुरे गाउँमा गोर्खा ग्यालरी स्थापना गरिएको छ । लेफ्टिनेन्ट कुलबहादुर बुढाथोकीले आफ्नै लगानीमा भार्सेमा गोर्खा ग्यालरी स्थापना गरेका हुन् । ग्यालरीमा पहिलो र दोस्रो विश्वयुद्ध लडेका लाहुरेहरुको तस्बिर समेटेर उनले ग्यालरी स्थापना गरेका हुन् ।

ग्यालरी पछिल्लो समय अनुसन्धानकर्ताका लागि अध्ययन केन्द्रको रुपमा विकसित हुन थालेको छ । लाहुरेहरुको इतिहासलाई जीवन्त राख्नका लागि ग्यालरी निर्माण गरिएको बुढाथोकीको भनाइ छ ।

भार्सेबाट प्रथम र दोस्रो विश्वयुद्ध लड्नेहरुको इतिहासलाई जीवन्त राख्न उनीहरुका तस्बिर राखेर भूपु गोर्खा ग्यालरी र भार्सेबाट गोर्खा, भारत र नेपाली लाहुरेसहित सामाजिक अग्रजलाई समेटेर भार्से ग्यालरी निर्माण गरिएको हो । यसले भार्से पुग्ने जोकोहीका लागि पनि सिङ्गो इतिहासलाई नजिकबाट नियाल्न महत्वपूर्ण सहयोग पु¥याउने भार्सेका सामाजिक अगुवा नरबहादुर बूढाथोकीले बताए ।

भार्सेबाट प्रथम विश्वयुद्ध लड्ने ८४ जना र दोस्रो विश्वयुद्ध लड्ने १७८ जना रहेको लेफ्टिनेन्ट कूलबहादुर बूढाथोकीले बताए । भूपु गोर्खा ग्यालरीमा पहिलो र दोस्रो विश्वयुद्ध लडेका अहिलेसम्म ३४ जना दिवङ्गत व्यक्तिको तस्बिर र सङ्क्षिप्त विवरण राखिएको छ । जसमा कम उमेर र नेपालबाट पहिलो भिक्टोरिया क्रस पाउने कर्णबहादुर रानादेखि भारतीय सेनामा नेपालबाट पहिलो कर्णेल श्रीप्रसाद बूढाथोकी र श्रीप्रसादकै बुबा गिरीप्रसाद बूढाथोकीको तस्बिर राखिएको भार्सेका अगुवा नरबहादुर बूढाथोकीले जानकारी दिए ।

गिरीप्रसाद र श्रीप्रसाद बूढाथोकी बाबुछोरा नै नेपालका पूर्वमन्त्रीहरु हुन् । उनीहरु बाबुछोरा एउटै पल्टनबाट विश्वयुद्ध लडेका थिए । लेफ्टिनेन्ट कूलबहादुर बूढाथोकीका बुवा मोतीबहादुर बूढाथोकी पनि विश्वयुद्ध लडेका थिए । भार्से जन्मिएका लेफ्टिनेन्ट कूलबहादुर बूढाथोकी अहिल हङकङमा बस्छन् ।

बूढाथोकीले ग्यालरीका लागि करिब रु ५७ लाख लगानी गरेका छन् । “स्वदेश तथा विदेशमा भार्सेलीको गर्विलो इतिहासलाई जोगाउने प्रत्यन मात्र गरेको हुँ”, उनले भने ।

भार्से ग्यालरीमा भार्सेली भारतीय, बिर्टिस, नेपाली सेना, प्रहरी तथा राष्ट्रसेवक कर्मचारीसहित ६८४ जनामध्ये अहिले ४०० जनाको तस्बिर राखिएको छ । पछिल्लो समयमा सडक यातायातको सहज पहुँचका कारण भार्से यतिबेला आन्तरिक तथा बाह्य पर्यटकका लागि मुख्य पर्यटकीय गन्तव्यस्थलका रुपमा विकसित हुँदै जान थालेको छ ।

प्रकाशित मिति : १४ भदौ २०८२, शनिबार  १ : १५ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा बाँकेका २७ जना सम्पर्कविहिन (नामावलीसहित)

नेपालगन्ज । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा रहेका बाँकेका २७ जना

नेपालगन्जमा पुरुष यु-१८ अलनेपाल इन्टर स्कुल फुटबल प्रतियोगिताको ट्रफी अनावरण

नेपालगन्ज । विद्यालय तहका युवा फुटबल प्रतिभालाई पहिचान तथा प्रोत्साहन

बाढी प्रभावितको उद्धार र राहतका लागि वाणिज्य बैङ्कद्वारा तीन करोड सहयोग

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार गएको बाढीबाट प्रभावित नागरिकहरूको

विश्वका सबैभन्दा घातक हिमनदीजन्य ६ विपद्

बेइजिङ । नेपालको हिमाली सीमा क्षेत्र र त्यससँग जोडिएको तिब्बतमा

‘पार्वती’को पहिलो दिनको कमाइ भोटेकोशी बाढीपीडितलाई दिइने

काठमाडौं । नेपाली चलचित्र ‘पार्वती’ को निर्माण पक्षले चलचित्र देशैभरि