१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

यसकारण ‘कुछ कुछ होता हे’ मा काजोलले लगाइन् हेयरबेण्ड



काठमाडौं । निर्माता करण जोहारको फिल्म ‘कुछ कुछ होता हे’ बलिउडको आइकनिक फिल्ममा पर्दछ । यो फिल्मलाई दर्शकले अहिले पनि उत्तिकै मनपराउँछन् ।

फिल्ममा प्रेम र दोस्तीसँगै कलेज जीवनलाई निकै रोमाञ्चक किसिमले प्रस्तुत गरिएको छ । फिल्मले बक्सअफिसमा कमाईको हरियो झण्डामात्र गाडेन, फिल्मले फेसनको दुनियाँमा एउटा नयाँ ट्रेण्ड सेट गरिदियो । जुन फेसन शैली अहिले पनि उत्तिकै लोकप्रिय छ ।

फिल्ममा अभिनेता शाहरुख खान नेक चेन लगाएर युवतीहरुलाई फ्रेन्डसिप बेण्ड बाँध्ने चरित्रमा देखिएका छन् । यसमा अभिनेत्री काजोलको हेयर बेण्ड निकै लोकप्रिय भएको थियो । काजोलले आधा फिल्ममा हेयरबेण्ड लगाएकी छन् । उनले हेयरबेण्ड लगाउनुको कारण उनको लुक्सलाई पूर्णता दिन भने पक्कै थिएन । यसको कारण अर्कै थियो । जुन रहस्यलाई वर्षौपछि करण जोहारले हालैमात्र खुलाएका छन् ।

हालैमात्र काजोल र करण अभिनेता रणवीर सिंहको शो ‘द बिग पिक्चर’मा उपस्थित भएका थिए । यो उपस्थितिमा करणले ‘कुछ कुछ होता हे’मा काजोलको हेयरबेण्डसँग जोडिएको एक रोचक कथा सुनाएका थिए । करणका अनुसार काजोलले आफ्नो कपालको समस्या समाधान गर्नका लागि हेयरबेण्ड लगाउनु परेको थियो ।

‘फिल्मको कथा अनुसार अञ्जलीले हेयरबेण्ड लगाउनुपर्ने अवस्था थिएन । तर काजोलको विगमा समस्या थियो, जुन समाधान भइरहेको थिएन । त्यहीकारण हेयरबेण्डको प्रयोग विगलाई ‘फिक्स’ गर्नका लागि गरिएको थियो । हेयरबेण्डका कारण विग सही स्थानमा रहेको थियो । यही एक्सिडेण्टल हेयरबेण्ड एक्सपेरिमेन्ट पछि गएर फेसन ट्रेण्डमा लोकप्रिय बन्यो’, करणले भनेका छन् । फिल्ममा रानी मुखर्जीको पनि अभिनय थियो ।

 

प्रकाशित मिति : २६ पुस २०७८, सोमबार  ८ : ०७ बजे

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक

बुटवल ११ बुद्धनगर खानेपानी उपभोक्ता समिति र टोल विकास संस्था बीच जग्गा विवाद !

बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा जग्गा भोग चलनको विषयलाई लिएर