४ पुस २०८२, शुक्रबार | December 20, 2025

काठमाडौं उपत्यकाका आजदेखि बालबालिकालाई कोभिडविरुद्धको खोप



काठमाडौं । काठमाडौं उपत्यकाका विद्यालय उमेर समूहका बालबालिकालाई आजदेखि काेभिड-१९ भाइरसविरुद्धको खोप लगाइँदैछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडाैं, ललितपुर र भक्तपुरका १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई विद्यालयमा खोप लगाइने भएकाे हाे ।

सरकारले आजबाटै लागू हुनेगरी आधारभूत र माध्यमिक तहका विद्यालय १५ माघसम्मका लागि बन्द गरिसकेकाे छ । यही अवधिमा १२-१७ वर्ष उमेर समूहका बालबालिकालाई खाेप लगाउने सरकारी लक्ष्य छ ।

जसअनुसार पहिलाे चरणमा उपत्यकाका विद्यालयमा खाेप अभियान सुरु हुन लागेकाे हाे ।

बालबालिकालाई फाइजर र मोडर्ना खोप लगाइने मन्त्रालयले जनाएको छ । बालबालिकाहरुलाई उमेर खुल्ने कागजात लिई तोकिएका खोप केन्द्रमा गई भीडभाड नगरी स्वास्थ्यका मापदण्ड पूरा गरी खोप लिन मन्त्रालयले आग्रह गरेको छ ।

 

प्रकाशित मिति : २७ पुस २०७८, मंगलबार  ८ : २३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको