२२ भदौ २०८३, सोमबार | September 7, 2026

काठमाडौं उपत्यकाका आजदेखि बालबालिकालाई कोभिडविरुद्धको खोप



काठमाडौं । काठमाडौं उपत्यकाका विद्यालय उमेर समूहका बालबालिकालाई आजदेखि काेभिड-१९ भाइरसविरुद्धको खोप लगाइँदैछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडाैं, ललितपुर र भक्तपुरका १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई विद्यालयमा खोप लगाइने भएकाे हाे ।

सरकारले आजबाटै लागू हुनेगरी आधारभूत र माध्यमिक तहका विद्यालय १५ माघसम्मका लागि बन्द गरिसकेकाे छ । यही अवधिमा १२-१७ वर्ष उमेर समूहका बालबालिकालाई खाेप लगाउने सरकारी लक्ष्य छ ।

जसअनुसार पहिलाे चरणमा उपत्यकाका विद्यालयमा खाेप अभियान सुरु हुन लागेकाे हाे ।

बालबालिकालाई फाइजर र मोडर्ना खोप लगाइने मन्त्रालयले जनाएको छ । बालबालिकाहरुलाई उमेर खुल्ने कागजात लिई तोकिएका खोप केन्द्रमा गई भीडभाड नगरी स्वास्थ्यका मापदण्ड पूरा गरी खोप लिन मन्त्रालयले आग्रह गरेको छ ।

 

प्रकाशित मिति : २७ पुस २०७८, मंगलबार  ८ : २३ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार