३ पुस २०८२, बिहिबार | December 18, 2025

उजिरसिह रनिङ एकदिवसिय क्रिकेट प्रतियोगिता : आजको खेलमा बाउन्नकला क्रिकेट क्लब विजयी



बुटवल । बुटवलमा जारी उजिरसिह रनिङ एकदिवसिय क्रिकेट प्रतियोगिता २०७८ अन्तरगत मंगलबार भएको खेलमा बाउन्न कला क्रिकेट एकेडेमी विजयी भएको छ ।

बुटवल क्रिकेट विकास समितिको आयोजना तथा बुटवल उपमहानगरपालिका, नगर खेलकुद विकास समिति रुपन्देही क्रिकेट संघको सहयोगमा जारी खेलमा गोलपार्क क्रिकेट क्लबमाथि ३२ रनले जित निकाल्दै बाउन्नकला क्रिकेट क्लब विजयी भएको हो ।

बुटवल नरेश्वर क्रिकेट मैदानमा भएको खेलमा खेलमा टस जितेर बाउन्नकोटीका ब्याट्सम्यानहरुले ४३ ओभरमा ६ बिकेटको नोक्सानीमा २ सय ३२ रनको लक्ष्य खडा गरेको थियो । उसका लागि भुवन गैरेले ६७ र कृष्ण भुषालले ४३ रनको योगदान दिएका थिए । गोलपार्कका कृष्ण सेनले र सुनिल पौडेलले समान ३-३ विकेट लिएका थिए ।

मध्यम लक्ष्य पछ्याएको गोलपार्कका ब्याट्सम्यानहरु ४१.२ ओभरमा केवल २ सय रनमा आलआउट भए । गोलपार्कका लागि मनिष क्षेत्रीले २३ तथा सुनिल पौडेलले ४७ बाहेक अन्य ब्याट्सम्यानहरुले दोहोरो अंकको रन जोड्न सकेनन ।

बाउन्नकलाका कृष्ण भुषाल र यम क्षेत्रीले समान ३-३ बिकेट लिएका थिए । खेलमा बाउन्नकलाका कृष्ण भुषाल म्याच अफ दी म्याचबाट पुरस्कृत भए । बुधबार जिआर क्रिकेट एकेडेमी र न्यु होराईजन क्रिकेट क्लबका बिचमा खेल हुने खेल संयोजक राजु राना बताए ।

प्रतियोगितामा बेष्ट्रन क्रिकेट क्लब, बेष्ट्रन क्रिकेट एकेडेमी, बुटवल युथ स्र्पोटस क्लब, जिआर क्रिकेट एकेडेमी, न्यु होराइृजन क्रिकेट क्लब, महाबिर क्रिकेट क्लब, बुटवल राईजोज क्रिकेट क्लब, बाउन्न कला क्रिकेट एकेडेमी, गोलर्पाक क्रिकेट क्लब र बुटवल ११ क्रिकेट क्लब गरि १० टिमले भाग लिएका छन ।

प्रकाशित मिति : २७ पुस २०७८, मंगलबार  ६ : ४० बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको