२० मंसिर २०८२, शनिबार | December 6, 2025

मगर्स किचनमा नेपाल मगर महिला संघ, रुपन्देहीको ३ दिने ‘माघे सकराती विशेष कार्यक्रम २०७८’ हुने



बुटवल । मगर समुदायको सास्कृतिक पर्व माघे संक्रान्तिमा बुटवलमा ‘माघे सकराती विशेष कार्यक्रम २०७८’ कार्यक्रम हुने भएको छ ।

नेपाल मगर महिला संघ, रुपन्देही जिल्ला समितिको आयोजनामा मगर परिकारको स्वाद पस्कदै आएको मगर्स किचनको सहकार्यमा मगर समुदायको मौलिक स्वादका विभिन्न परिकारहरु सहित माघे सकराती पर्वलाई विशेष बनाउने उद्देश्यका साथ ३ दिन मनाईने भएको हो ।

मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरि नेपाल मगर महिला संघ, रुपन्देही जिल्ला समितिका अध्यक्ष चन्दा थापा मगरले कार्यक्रमको तयारी तिव्र रुपमा भैरहेको बताए । नेपाल मगर महिला संघले मगर समुदायको सास्कृतिक पर्व माघे सकरातीको पावन अवसरमा हरेक वर्ष रचनात्मक र चेतनामूलक कार्यक्रमको निरन्तरता दिदै कार्यक्रम गर्न लागेको बताईन ।

माघे सकरातीमा मगरहरुको खाने गरेका विभिन्न खानेकुरा जस्तै तरुल, सखरखण्डा, सेलरोटी, बारा र वाक्श्या (बंगुरको मासु) लगायतका परिकार पस्कने उनले बताए । कार्यक्रम अवधिभर मगरहरूको विशेष नृत्य तथा भाका घाटु, सालैजा तथा कौराहा सम्पूर्ण आगन्तुक पाहुनाहरूबीच पस्कने उनले बताए । कार्यक्रममा बुद्धिजीवि, डाक्टर, वकिल, शिक्षक, पत्रकार, व्यापारी तथा अन्य पेशासँग सम्बद्ध व्यक्तिहरुसँग मगरहरुको भाषा, भेषभूषा तथा चाडपर्वको विषयमा अन्तरक्रिया कार्यक्रम पनि गरिने उनले बताए ।

नेपाल मगर संघका केन्द्रीय उपाध्यक्ष दल बहादुर विरकट्टाले प्रकृतिप्रेमी जातीका रुपमा पहिचान बनाएको भन्दै ऋतु परिवर्तनसंग जोडिएको पर्व भएको बताए ।

संघका सचिव राधिका श्रीषले लुम्बिनी प्रदेशका उर्जा, जलश्रोत तथा सिचाइ मन्त्री माननीय वीर बहादुर राना मगरबाट पौष २९ गते औपचारिक कार्यक्रम गरि शुभारम्भ गरिने बताईन ।

नेपाल मगर महिला संघ मगर समुदायको सशक्तिकरण र पैरवीका साथै जातिगत सीप, कला, संस्कृति र परमपराको संरक्षण र प्रवद्र्धन गर्ने खालका विभिन्न रचनात्मक कार्यहरु सञ्चालन गर्दै आइरहेको उनको दाबी छ ।

प्रकाशित मिति : २७ पुस २०७८, मंगलबार  ६ : ४५ बजे

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय