२९ मंसिर २०८२, सोमबार | December 15, 2025

भक्तपुरका ६ हजार विद्यार्थीले लगाए मोडर्ना खोप



भक्तपुर । भक्तपुरका करिब ६ हजार विद्यार्थीले कोरोनाविरुद्धको मोडर्ना खोप लगाएका छन् । खोप अभियानअन्तर्गत १२ देखि १७ वर्ष उमेर समूहका भक्तपुरका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीले खोप लगाएका हुन् ।

विद्यार्थीको सहजतालाई ध्यानमा राखी जिल्ला स्वास्थ्य कार्यालयले स्थानीय तहसँगको समन्वयमा विद्यालयमा नै खोप केन्द्र राखी खोप दिएको हो । स्वास्थ्य कार्यालय प्रमुख कृष्णबहादुर मिजारका अनुसार मङ्गलबारसम्म जिल्लाको चाँगुनारायण र सूर्यविनायक नगरपालिकाभित्रका विद्यालयमा खोप अभियान सम्पन्न भएको छ । त्यस्तै मध्यपुरथिमि र भक्तपुर नगरपालिकाका विद्यालयमा मङ्गलबारदेखि खोप अभियान सुरु भएको मिजारले बताए ।

कोरोना सङ्क्रमणको बढ्दो जोखिमलाई न्यूनीकरण गर्न खोप अभियान सञ्चालन भइरहेको छ । “विद्यालय बन्द भए पनि स्थानीय तह र विद्यालयले समन्वय गरी खोप लगाउनेछन”, उनले भने ।

भक्तपुर नगरपालिकाले खोप अभियान बिहान ९ देखि ३ बजेसम्म सञ्चालन हुने र खोप लगाउन विद्यार्थीले विद्यालयको परिचयपत्र अनिवार्य साथमा ल्याउनुपर्ने प्रावधानको व्यवस्था गरेको छ । खोप अभियानका लागि भक्तपुरले विभिन्न विद्यालय तथा कलेजमा खोप केन्द्र तोकेको छ । रासस

प्रकाशित मिति : २८ पुस २०७८, बुधबार  ८ : १० बजे

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आज उमेदवारी दर्ता हुँदै

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ