५ पुस २०८२, शनिबार | December 20, 2025

एमाले कास्कीमा तोडियो खगराजको एकाधिकार, गुरुङ बने अध्यक्ष



पोखरा । सानो सानो संगठनमा पनि आफ्नो प्रभाव खोज्ने केन्द्रीय सदस्य खगराज अधिकारी अन्ततः आफ्नै जिल्लाको राजनीतिमा पछि परेका छन् । एमाले जिल्ला कमिटीको निर्वाचनमा अधिकारीले खडा गरेका प्रमुख पदहरु गुमाए । अध्यक्षमा उपमहासचिव तथा पुर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्यानलबाट मनबहादुर गुरुङ निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी दामोदर बैरागीलाई ४९ मतान्तरले पछि पार्दै गुरुङले अध्यक्ष जितेका हुन् । गुरुङले ४ सय ५६ मत पाउँदा बैरागीले ४ सय ७ मत पाए । गुरुङ कार्यवाहक अध्यक्ष थिए भने बैरागी सचिवमा काम गरेर कमिटीबाट बाहिरिएका हुन् ।

उपाध्यक्षमा पनि गुरुङ प्यानलकै तेजनारायण अधिकारीले जिते । निकटतम प्रतिश्पर्धी प्रभा कोइरालालाई ८ मतले हराएका हुन् । अधिकारीको ४ सय २१ मत आएको छ भने कोइरालाको ४ सय १३ मत छ । बाँकी पदाधिकारी बैरागी प्यानलका उम्मेद्वार विजयी भए । सचिवमा बैनबहादुर अधिकारी क्षेत्री सबैभन्दा फराकीलो मतान्तरले विजयी हुँदा गुरुङ प्यानलका विष्णु केसी हारे । अधिकारीले ४ सय ७५ मत पाउँदा केसीको ३ सय ६४ मत मात्रै छ ।

उपसचिवमा लेखबहादुर तामाङ [दर्शन लामा] र नवराज ओझा विजयी भएका छन् । लामाले सर्वाधिक ५ सय ४० मत ल्याएका छन् । अर्का विजयी ओझाले ४ सय ६३ मत मत पाए । पराजीत भएका गुरुङ प्यानलका इमानराज पौडेलले ३ सय ५५ र मनबुजा विकले २ सय ३७ मत पाएका छन् । सदस्यहरुको मतगणना ११ बजेपछि गर्ने सहमति छ । ९ सय १९ मतदाता मध्ये कास्कीमा ८ सय ९४ मत खसेको थियो ।

प्रकाशित मिति : २८ पुस २०७८, बुधबार  ११ : ०८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको