११ कार्तिक २०८३, बुधबार | October 28, 2026

ओमिक्रोन संक्रमण दर ७० प्रतिशत बढी



काठमाडौं । नेपालमा कोरोना भाइरसको ओमिक्रोन भेरिएन्ट समुदायस्तरमा व्यापक रूपमा फैलन थालेको छ ।

सामुदायिकस्तरमा अत्यधिक फैलन पुग्दा भयावह अवस्था आउन सक्ने भन्दै चिकित्सकले थप सतर्कता अपनाउन आग्रह गरेका छन् । ओमिक्रोन भेरियन्टको संक्रमण दर यसअघिको अल्फा र बिटा भेरियन्टभन्दा अत्यधिक बढी रहेकाले यसको जोखिम अत्यधिक रहेको छ ।

चिकित्सकले ओमिक्रोनको संक्रमण दर डेल्टा भेरियन्टभन्दा ७० प्रतिशत बढी रहेको जनाएका छन् । उनीहरूले सुरक्षाका सबै विधि अपनाउनुपर्ने र आवश्यकताअनुसार स्मार्ट लकडाउन गर्नुपर्ने सुझाव दिएका छन् । ओमिक्रोनसँग जुध्न सरकारले विशेष तयारी नगरेको भन्दै चिकित्सकले चिन्ता व्यक्त गरेका छन् ।

कोरोना भाइरसका सम्बन्धमा अन्तर्राष्ट्रिय रूपमा नै अध्ययन गरिरहेका वरिष्ठ भाइरोलोजिस्ट डा. रमेशकुमार आचार्यले नेपालमा ओमिक्रोन समुदायस्तरमा नै फैलिसकेकाले थप सतर्कता नअपनाउने हो भने भयावह रूप लिन सक्ने बताए । उनले ओमिक्रोनको संक्रमण दर ७० प्रतिशतभन्दा बढी रहेकाले यो द्रुत गतिमा फैलिरहेको दाबी गरे ।

डा. आचार्यका अनुसार अहिले विश्वव्यापी रूपमा तयार भएका कोरोनाविरुद्धका भ्याक्सिन अल्फा, डेल्टा भेरियन्टलाई लक्षित गरेर बनाएकाले अहिले लगाइएका भ्याक्सिनले ओमिक्रोनलाई रोक्न नसक्ने पाइएको छ । ‘विभिन्न अन्तर्राष्ट्रिय अध्ययनलाई आधार मान्ने हो भने हालसम्म बनाइएका भ्याक्सिनले ओमिक्रोन भेरियन्टलाई काम नगर्ने देखिएको छ, जुन निकै नै चिन्ताको विषय हो, त्यसैले विशेष सतर्कता अपनाउनु नै सर्वोत्तम उपाय हो,’ वरिष्ट भाइरोलोजिस्ट डा. आचार्यले भने ।

डा. आचार्यका अनुसार यसअघि डेल्टाको संक्रमण भएर सञ्चो भएका र भ्याक्सिन लगाएकाहरूमा समेत ओमिक्रोनको संक्रमण हुने क्रम बढ्दो छ । त्यसैले पनि अन्य भेरियन्टभन्दा ओमिक्रोन भेरियन्टको संक्रमण दर अत्यधिक देखिएको डा। आचार्यको भनाइ छ ।

चिकित्सकका अनुसार ओमिक्रोनले सुगर र प्रेसरका बिरामीलाई छिटो आक्रमण गर्ने गरेको छ भने दमका बिरामीलाई झनै गम्भीर बनाइदिने गरेको छ । तर, यसमा ज्वरो आउने क्रम भने धेरै कम देखिएकाले न्युमोनिया नहुने र मृत्युदर पनि कम देखिएको छ ।

डा। आचार्यका अनुसार अहिले डेनमार्क, फिनल्यान्ड, नर्वेलगायतका मुलुकमा परीक्षण गरिएकामध्ये ६६ प्रतिशतमा ओमिक्रोन देखिएको र अमेरिका तथा बेलायतमा पनि यो संक्रमण फैलने क्रम अत्यधिक बढिरहेको छ । हाल विश्वको १ सय ३ देशमा ओमिक्रोन फैलिएको छ । आजको राजधानी दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : २९ पुस २०७८, बिहिबार  ७ : ४७ बजे

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके । वर्षायाममा बन्द गरिएको जङ्गल सफारी पुनः सञ्चालनमा आएसँगै

वीरगञ्ज भन्सारले असोजमा उठायो २६ अर्ब ७२ करोड राजस्व

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले असोज महिनामा २६ अर्ब ७२

एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा आज

चक्रवात ‘अरनब’को प्रभावले भारी वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौं । बंगालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले नेपालका

कोप–३१ मा जलवायु न्यायको आवाज बुलन्द गर्न सुझाव

काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन (कोप–३१) मा जलवायु न्यायको