१८ चैत्र २०८२, बुधबार | April 1, 2026

चीनले रोक्यो अमेरिकाबाट हुने उडान, बदला लिने अमेरिकी चेतावनी



एजेन्सी । अमेरिकाबाट चीनका लागि उड्ने उडान बेइजिङले रद्द गरेपछि अमेरिकाले त्यसको विरोध गरेको छ । कोभिडको कारण देखाउँदै चीनले अमेरिकाबाट छुट्ने उडान बुधबार रद्द गरेको थियो ।

अमेरिकाबाट चीन आएको विमानका केही यात्रुमा कोभिड पोजेटिभ देखिएपछि चीनले उडान रद्द गरको हो । बेइजिङको यो कदमपछि अमेरिकी राष्ट्रपतिको कार्यलयले चीनविरुद्ध बदला लिने चेतावनी दिएको छ ।

चीनमा कोभिड देखिएपछि विभिन्न सहरहरुमा लकडाउन घोषणा गरेको छ । कोभिडविरुद्ध शून्य सहनशिलता जनाउँदै आएको चीनमा पछिल्लो समय कोभिड संक्रमण बढेको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण संक्रमण बढेको सरकारले बताउँदै आएको छ ।

अमेरिकामा भने पछिल्लो समय कोभिडको सुनामी नै आएको छ । संक्रमित बढे पनि अस्पताल भर्ना हुनेहरुको संख्या भने तुलनात्मक रुपमा कम देखिएको बताइएको छ ।

त्यस्तै, युरोपेली मुलुकहरु भने कोभिडबाट नराम्रोसँग प्रभावित छन् । केही साताभित्र युरोपको आधा जनसंख्या कोभिडबाट संक्रमित हुने डब्लूएचओले जनाएको छ ।

प्रकाशित मिति : २९ पुस २०७८, बिहिबार  ९ : ३९ बजे

नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै

काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछिको

सङ्खुवासभामा ट्रयाक्टर दुर्घटनामा एक जनाको मृत्यु

सङ्खुवासभा । सङ्खुवासभाको पाँचखपन नगरपालिका–४ खानीगाँउमा ट्याक्टर दुर्घटना एक जनाको

बर्डफ्लू सङ्क्रमण फैलिन थालेपछि सुनसरीमा १९ हजार कुखुरा नष्ट

सुनसरी । जिल्लाका विभिन्न स्थानीय तहमा किसानका कुखुरा फार्ममा बर्डफ्लू

बागलुङ कालिकामा चैतेदसैँमा ३७ लाख भेटी सङ्कलन

बागलुङ । चैतेदसैँको अवधिभर बागलुङ कालिका भगवती मन्दिरमा रु ३७

अब बिचौलियालाई यातायात व्यवस्था कार्यालयमा प्रवेश निषेध

कञ्चनपुर । यातायात व्यवस्था कार्यालय महेन्द्रनगरले कार्यालय परिसरभित्र बिचौलियाको प्रवेश