१६ भदौ २०८३, मंगलबार | September 1, 2026

चुनावपछि अमेरिका-चीन सम्बन्धमा सुधार आउने बेइजिङको विश्वास



बेइजिङ । चीनले आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा जो सुकैले जिते पनि अमेरिकासँगको सम्बन्धमा सुधार आउने आशा व्यक्त गरेको छ । बेइजिङ र वासिङ्टनबीच हालैका वर्षहरूमा प्रविधि, व्यापार, मानव अधिकारका साथै ताइवान र दक्षिण चीन सागरमा प्रतिस्पर्धात्मक दाबीका मुद्दाहरूमा टकराव छ ।

ह्वाइट हाउसको नेतृत्वका लागि राष्ट्रपति जो बाइडेनविरुद्ध पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई चुनौती दिने गरी आगामी नोभेम्बरमा हुने चुनावमा अमेरिकीहरूले भाग लिनेछन् ।

“तपाईंले अमेरिकी राष्ट्रपतिको चुनावको बारेमा उल्लेख गर्नुभयो, यो संयुक्त राज्य अमेरिकाको आन्तरिक मामिला हो,” चिनियाँ संसद्का प्रवक्ता लू किन्जियानले सोमबारको पत्रकार सम्मेलनमा भने ।

“संयुक्त राज्य अमेरिकाले चीनसँग जो सुकै राष्ट्रपति भए पनि अमेरिकाले एउटै लक्ष्यका साथ अर्थात् स्थिर, स्वस्थ र दिगो चीन-अमेरिका सम्बन्धका लागि काम गर्न सक्छ भन्नेमा हामी पूर्ण आशा गर्छौं,” लूले भने ।

चीनको स्थिति स्थिर रहेको र चीन-अमेरिकाबीचको सम्बन्ध स्थिर र सुधारिएको अवस्थामा देख्न सबै आतुर रहेको उनले बताए ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  १२ : २० बजे

राष्ट्रिय एकताका साथ खोज तथा उद्धारमा जुट्न राष्ट्रिय सभाध्यक्षको अपिल

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले विपद् व्यवस्थापन सङ्घ, प्रदेश

सर्वदलीय बैठकमा भोटेकोशी विपदबारे छलफल

काठमाडौं । भोटेकोशी बाढीबाट भएको क्षति, बेपत्ताको खोजी तथा उद्धार,

भोटेकोशी विपत्ति सम्बन्धमा राष्ट्रियसभाबाट विशेष प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाले भोटेकोशीको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त

वेपत्ता नागरिकका परिवारलाई राज्यले अभिभावकत्व प्रदान गर्छ : मुख्यमन्त्री आचार्य

नवलपरासी पश्चिम । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बाढी तथा

भोटेकोसी बाढी अपडेट : मृतकको संख्या ९८७ पुग्यो, ३ हजार ९ सयभन्दा बढी अझै बेपत्ता

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा