१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

कुर्था-जयनगर रेल : तालिममा सवा करोड खर्च गरिएका १५१ कर्मचारी हटाएर फेरि नयाँ भर्ना



जनकपुरधाम । सञ्चालनकाे तयारीमा रहेकाे कुर्था-जयनगर रेल सेवाका लागि कर्मचारी भर्ना विषयमा विवादमा भएकाे छ । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले रेल सञ्चालनका लागि ५५ जना नयाँ कर्मचारीलाई गुपचुप नियुक्त गरेपछि विवाद सुरु भएको हो ।

महाप्रबन्धक झाले रेल संचालनका लागि २७ पुसमा ५५ जना नयाँ कर्मचारीलाई दैनिक ज्यालादारीमा नियुक्त गरेपछि विगतमा रेलसम्बन्धी तालिम दिएकाहरुले विरोध गरेका हुन् । रेल्वे कम्पनीका तत्कालीन महाप्रबन्धक गुरु भट्टराईले रेल संचालनका लागि ज्यालादारीमा १५१ जना कर्मचारीलाई नियुक्त गरी दुई चरणमा तालिमसमेत दिएका थिए ।

गत वैशाखदेखि असारसम्म दुई चरणमा भएको तालिममा झण्डै नेपाल रेल्वेको १ करोड १५ लाख रुपैयाँ खर्च भएको थियो । ती कर्मचारीलाई भारतीय रेल कम्पनी कोर्कणले तालिम दिएको थियाे ।

सरकार परिवर्तनसँगै रेल्वे कम्पनीकाे महाप्रबन्धकमा झा नियुक्त भएपछि ती सबै कर्मचारीलाई हटाएका थिए । महाप्रबन्धक झाले रेल्वेमा झण्डै वैशाखदेखि असारसम्म काम गरेकालाई पैसा नै नदिई एक सूचना प्रकाशित गर्दै सबैलाई हटाएका थिए ।

विगतमा दैनिक ज्यालादारीमा भर्ना भएका कर्मचारीले त्यसको विरोध गर्दै नयाँ कर्मचारीलाई तालिम दिएको स्थलमै गएर बुधबार विरोध गरेका छन् ।

स्टेशन मास्टरमा नियुक्त भई झण्डै २५ दिनसम्म तलिम दिएका मनोज यादवले भने, ‘१५१ जना कर्मचारीलाई तालिम दिन सरकारको १ करोड १५ लाख रुपैयाँ खर्च भयो र आज फेरि नयाँ कर्मचारी भर्नामा लाखौँ खर्च गरिरहेको छ । हाम्रो नियुक्तिलाई अवैध भन्ने महाप्रबन्धक झाले अहिले कुन कानुन टकेर नयाँ कर्मचारी भर्ना गरेको त्यसको स्पष्ट जवाफ हामीलाई चाहियो ।’

सहायक स्टेशन मास्टर पदमा कार्यरत रहेका मञ्जय कुमार गोइतले पूराना जनशक्तिलाई हटाएर नयाँलाई नियूक्त गरी तालिम सञ्चालन गर्नु महाप्रबन्धक झाको मनोमानी रहेको बताए । उनले पूराना कर्मचारीलाई समायोजन गरी उनीहरुको पनि व्यवस्थापन गर्नुपर्ने माग गरेका छन् ।

महाप्रबन्धक झाले नयाँ नियुक्त गरिएका कर्मचारीलाई भारतस्थित केआरसिएल कम्पनीका ट्रेनरमार्फत तालिम दिइरहेको बताए । उनले गेट म्यान, ग्याङ म्यान, ग्याङ म्यान इन्चार्ज, प्वाइन्ट म्यान, कि म्यान र स्टेशन मास्टरका लागि तालिम सञ्चालन भइरहेको बताए ।

नेपालको कानुन अनुसार नै नयाँ कर्मचारी नियुक्त गरेको भन्दै थप कुरा गर्न चाहेनन् । यसैबीच, नेपाल रेल्वे कम्पनीका तत्कालीन महाप्रबन्धक भट्टराईले पुरानो कर्मचारीलाई हटाएर नयाँ कर्मचारी भर्ना गरिएकोमा महाप्रबन्धक झाको चर्को आलोचना गरेका छन् ।

आफूले भर्ना गरेका कर्मचारीलाई अवैधानिक भन्ने महाप्रबन्धक झा अहिले कुन ऐन कानुन टेकेर नयाँ कर्मचारी भर्ना गरेको स्पष्ट गर्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : २९ पुस २०७८, बिहिबार  ९ : ४३ बजे

युवती भगाएको विषयमा धनुषाको पौडेसर तनावग्रस्त

धनुषा ।  धनुषाको औरही गाउँपालिकाको पौडेसर तनावग्रस्त भएको छ ।

मनमोहन अधिकारी वाम-लोकतान्त्रिक आन्दोलनका अथक योद्धा : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मनमोहन अधिकारी नेपालको वाम-लोकतान्त्रिक आन्दोलनका

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं । त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा