१ पुस २०८२, मंगलबार | December 16, 2025

एकै सातामा प्रधानमन्त्री देउवाले गरे २ पटक कोरोना परीक्षण, दुबै पटक रिपोर्ट नेगेटिभ



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । एक सातामा दोस्रोपटक गरिएको पिसिआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो ।

कन्ट्याक्ट ट्रेसिङमा परेका प्रधानमन्त्री देउवाले दुईपटक कोरोना परीक्षण गराएका थिए । अघिल्लो रिपोर्ट नेगेटिभ आए पनि उनले फेरि परीक्षण गराएका थिए । उनको दोस्रो रिपोर्ट पनि नेगेटिभ नै आएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नेपालमा पछिल्लो समय कोरोना संक्रमण तिव्र रुपमा बढिरहेको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु लगायतका नेताहरुसँगको बैठकमा प्रधानमन्त्री देउवा सहभागी भएका थिए । प्रचण्डलाई कोरोना संक्रमण भएर अहिले होम आइसोलेसनमा छन् भने त्यस लगत्तै प्रधानमन्त्रीको कोरोना जाँच गरिएको थियो ।

एक साता भित्र नेपालमा कोरोना संक्रमण उच्च गतिमा बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ५५३ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : २९ पुस २०७८, बिहिबार  ८ : ५७ बजे

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज

सामाजिक सञ्जालमा प्रेम गरी विवाह गर्न भारत जाने युवती बेचबिखनको जोखिममा

राँझा । भारतीय व्यक्तिसँग सामाजिक सञ्जालमार्फत प्रेम सम्बन्ध भएका आधारमा

लागुऔषध ओसारपसार गर्ने एक भारतीयसहित तीन जना पक्राउ

काठमाडौं । प्रहरीले लागुऔषध ओसारपसार तथा बिक्रीवितरण गरेको अभियोगमा एक

पाँच फर्मलाई जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच