२८ बैशाख २०८३, सोमबार | May 12, 2026

सैनामैनाबाट चोरीको स्कुटर र गरगहना सहित २ जना पक्राउ



बुटवल । रुपन्देहीको सैनामैनाबाट चोरीको स्कुटर र सुनका गहनाहरु सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । चोरी गर्ने उद्देश्यले स्कुटर चढेर आएका २ जना व्यक्तिलाई स्थानीयले देखेपछि लु ९९ प ७३८८ नं को स्कुटर छोडेर भागेका व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

आज मध्यान्ह १ बजेको समयमा रुपन्देही सैनामैना नगरपालिका वडा नं. ४ कर्बला स्थित भित्रि सडक खण्डमा लु ९९ प ७३८८ नं को स्कुटरमा चोरी गर्न आएका मानिसहरु चावी सहित स्कुटर छाडी फरार भएको सूचनाका आधारमा खोजतलास गर्ने क्रममा इलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीटोलीले कपिलवस्तु नगरपालिका वडा नं १ कपिलवस्तुका २३ वर्षिय लोक बहादुर बि.क. र रुपन्देही सैनामैना नगरपालिका वडा नं. १ का ३३ वर्षिय माँगुरे भन्ने दिपक गाहालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार बरामद भएको स्कुटर चेकजाँच गर्दा पहेलो सुन जस्तो देखिने धातुका गरगहना लगायत अन्य सामनहरु फेला परेको छ । बरामद गरगहना तथा सामानहरु सहित स्कुटर नियन्त्रणमा लिई संलग्नमानिसहरुको खोजतलास गर्नेक्रममा सैनामैना नगरपालिका वडा नं. १ बनकट्टाबाट २ जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले पक्राउ परेकाहरुबाट सुन जस्तो देखिने बाला थान १, हार थान १, झुम्का थान ३, मिनि हार थान १, सिक्री हार थान १, मसिना बाला तार जस्तो थान १, चोरीको लु ९७ प ३१४२ को स्कुटर र बिल बुक तथा मोबाईल थान २ बरामद गरेको छ ।

पक्राउ परेका बिक र गाहा माथि थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०८२, मंगलबार  १० : ५५ बजे

एसईईको नतिजा : सबैभन्दा उच्च ३.६० देखि ४.०० जीपीए प्राप्त गर्ने विद्यार्थी संख्या ४८ हजार बढी

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आज साँझ अबेर सार्वजनिक गरेको

आयो एसईईको नतिजा, कसरी हेर्ने नतिजा ?

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को

नीति तथा कार्यक्रमबारे नेताहरूको मिश्रित प्रतिक्रिया

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा

राष्ट्रपतिको सम्बोधनका लागि राष्ट्रियसभाको धन्यवाद

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलबाट सङ्घीय संसद्को दुवै सदनको संयुक्त

आइएमई खल्तीले ल्यायो सुपर वालेट सुविधा

काठमाडौ । आइएमई खल्ती लिमिटेड ९खल्ती० ले आफ्ना सम्पूर्ण प्रयोगकर्ताहरूका