५ फाल्गुन २०८२, मंगलबार | February 17, 2026

बिरामीको उपचारका लागि गाउँमै पुगे स्वास्थ्यकर्मी



सिमकोट । हुम्लाको नाम्खा गाउँपालिकाका स्वास्थ्यकर्मी बिरामीकाे उपचार गर्न दुर्गम बस्ती चाला गाउँमा पुगेका छन् ।

स्वास्थ्यकर्मी गाउँमै आएर उपचार गर्दा निकै नै राहत भएकाे स्थानीय काँडोल लामाले बताए । चाला गाउँबाट नाम्खा गाउँपालिका केन्द्र यालबाङ पुग्न एक दिन पैदल हिँड्नुपर्छ ।

नाम्खा गाउँपालिका स्वास्था शाखाबाट तीन जना स्वास्थ्यकर्मी बिरामीको उपचार गर्न हिमपातमा पनि गाउँ पुगेका हुन् । सडक सञ्जाल नजोडिएको जिल्ला हुम्ला हो ।

गाउँमा बिरामी पर्दा लामा बसाल्ने र झारफुक गर्नेबाहेक विकल्प नभएका बेला स्वास्थ्यकर्मी पुगेर उपचार गरेकाे ताक्ला जिग्मेत लामाले बताए ।

गाउँपालिकाका स्वास्थ्य संयोजक ग्याछो लामाका अनुसार चाला गाउँमा स्वास्थ्य चौकी नहुँदा स्थानीयले सदरमुकाम सिमकोट वा गाउँपालिका केन्द्र याल्वाङमा रहेको स्वास्थ्य चौकीबाट चार-पाँच महिनाअगाडि लगेकाे सिटामोलले काम चलाउने गरेका थिए ।

बिरामीले उपचार नपाउने अवस्था भएपछि घरदैलो कार्यक्रम सञ्चालन गरिएको उनले बताए । ज्येष्ठ नागरिक, गर्भवती र बालबालिका गरी ३५ जना बिरामीको उपचार गरिएको उनले बताए ।

स्वास्थ्य परीक्षणसँगै औषधि पनि दिइएकाे छ ।

प्रकाशित मिति : ३० पुस २०७८, शुक्रबार  ७ : ५३ बजे

सैनामैनाबाट चोरीको स्कुटर र गरगहना सहित २ जना पक्राउ

बुटवल । रुपन्देहीको सैनामैनाबाट चोरीको स्कुटर र सुनका गहनाहरु सहित

कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि सुरु हुने

भक्तपुर । आगामी वैशाख १४ गतेदेखि यस वर्षको कक्षा १२

नेपाल र भारतबीच फौजदारी कानुनी सहायतासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल र भारतबीच फौजदारी विषयमा पारस्परिक कानुनी सहायतासम्बन्धी

निर्वाचन तीन प्रवृत्तिबीचको जनमत संग्रह बन्न गएको छ : प्रचण्ड

रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन

बुटवलको सेमलारमा भोलीदेखी श्रीमद् भागवत महायज्ञ सञ्चालन हुँदै

बुटवल । राष्ट्रिय परोपकार महासंघ रुपन्देहीको आयोजनामा बुटवल १५ सेमलार