५ फाल्गुन २०८२, मंगलबार | February 17, 2026

निर्वाचन आयोगले बोलाएको सर्वदलीय बैठक आज बस्दै



काठमाडौं । स्थानीय तहको चुनावको मिति लगायतका विषयमा छलफल गर्न निर्वाचन आयोगले आज सर्वदलीय बैठक बोलाएको छ ।

आयोगले आज बिहान ११ बजे आयोगकै कार्यालयमा बैठक बोलाएको छ । बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने १७ दललाई बोलाइएको छ ।

माघ १२ गते राष्ट्रियसभाको निर्वाचन हुँदै छ । त्यसका विषयमा पनि छलफल हुने आयोगले जनाएको छ ।

यसअघि आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर स्थानीय तहको निर्वाचनका विषयमा सुझाव दिएको थियो । आयोगले आगामी वैशाख १४ र २२ गते चुनाव गर्न सकिने प्रस्ताव गरेको थियो ।

आजको बैठकमा पनि स्थानीय तहको चुनावकै मितिका विषयमा छलफल हुनेछ। त्यसपछि आयोगले सरकारलाई सुझाव दिनेछ ।

स्थानीय तहका जनप्रतिनिधिको पदावधि जेठ ५ गते सकिँदै छ । त्यसको दुई महिना अघि चुनाव गर्नुपर्ने कानूनी व्यवस्था छ ।

प्रकाशित मिति : ३० पुस २०७८, शुक्रबार  ८ : ०७ बजे

सैनामैनाबाट चोरीको स्कुटर र गरगहना सहित २ जना पक्राउ

बुटवल । रुपन्देहीको सैनामैनाबाट चोरीको स्कुटर र सुनका गहनाहरु सहित

कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि सुरु हुने

भक्तपुर । आगामी वैशाख १४ गतेदेखि यस वर्षको कक्षा १२

नेपाल र भारतबीच फौजदारी कानुनी सहायतासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल र भारतबीच फौजदारी विषयमा पारस्परिक कानुनी सहायतासम्बन्धी

निर्वाचन तीन प्रवृत्तिबीचको जनमत संग्रह बन्न गएको छ : प्रचण्ड

रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन

बुटवलको सेमलारमा भोलीदेखी श्रीमद् भागवत महायज्ञ सञ्चालन हुँदै

बुटवल । राष्ट्रिय परोपकार महासंघ रुपन्देहीको आयोजनामा बुटवल १५ सेमलार