२ पुस २०८२, बुधबार | December 18, 2025

कोरोनाका कारण महोत्सव र उत्सव प्रभावित



लमजुङ । लमजुङमा माघमा हुने भनिएको मेला महोत्सव कोरोना संक्रमणका कारण प्रभावित भएका छन् । माघको पहिलो हप्ता सोनाम ल्होछारमा हुने उत्सव र माघ अन्तिम साता हुने सातौँ लमजुङ महोत्सव प्रभावित भएको हो ।

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि संघ सरकारसँगै गण्डकी प्रदेश सरकारले पनि मेला महोत्सव, भेला र भिडभाड बढि हुने कार्यक्रम नगर्न आग्रह गरेपछि लमजुङमा माघको पहिलो साता र अन्तिम साता हुने भनिएका दुईवटा मेलामहोत्सव प्रभावित हुने भएका हुन् ।

अघिल्लो हप्तामात्रै लमजुङ उद्योग वाणिज्य संघले लमजुङको बेँसीसहरमा २१ माघदेखि १ फागुनसम्म सातौँ लमजुङ महोत्सव गर्ने निर्णय गरेको थियो । लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष गुणराज सिलवालका अनुसार छोटो समयमा महोत्सव गर्ने निर्णय गरी तयारी सुरु गरेपनि कोरोना संक्रमण तेस्राे लहरको जोखिम बढेपछि महोत्सव स्थगित गर्नुपरेको बताए ।

सरकारले नै मेला महोत्सव नगर्न निर्देशन दिएपछि महोत्सवको गर्नुको औचित्य नहुने भन्दै यसबारेमा औपचारिक निर्णय गर्न बाँकी रहेको अध्यक्ष सिलवालले बताए । संघका पदाधिकारी सहित अन्य सरोकारवालासँग छलफल गरी महोत्सव कहिले गर्ने भन्ने विषयमा निर्णय गरिने अध्यक्ष सिलवालको भनाइ छ ।

नेपाल तामाङ साँस्कृतिक घेदुङ जिल्ला समन्वय समिति लमजुङले पनि तामाङ समुदायको नयाँ वर्ष २८५८औँ सोनाम ल्होछारको अवसरमा लमजुङमा गर्न लागिएको साँस्कृतिक उत्सव आयोजक समितिले अघिल्लो सातामात्रै सदरमुकाम बेसीशहरमा पत्रकार सम्मेलन गरी ८ माघमा साँस्कृतिक उत्सवको बारेमा जानकारी गराएको थियो ।

तर, पछिल्लो समय मुलुकको परिस्थिति परिवर्तन भएसँगै बृहत साँस्कृतिक कार्यक्रम प्रभावित हुने भएको हो । केही वर्षबाट तामाङ समुदायले साँस्कृतिक पर्व ल्होसारको अवसरमा मेला महोत्सव गर्न थाले पनि गत वर्ष पनि कोरोनाकै कारण कुनै औपचारिक कार्यक्रम हुन सकेको थिएन । यसवर्ष पनि मेला महोत्सव नहुने भएपछि तामाङ समुदायले परम्परागत रुपमा पारिवारभित्रै ल्होसार मनाउने नेपाल तामाङ साँस्कृतिक घेदुङ जिल्ला समन्वय समिति लमजुङका अध्यक्ष विकास तामाङले बताए ।

डिसिसिएमसी संयोजक एवं लमजुङका प्रमुख जिल्ला अधिकारी शुसील वैद्यले संघीय सरकार र प्रदेश सरकारले संक्रमणकालीन अवस्थामा मेला महोत्सव नगर्न भनिएकाे बताए ।

प्रकाशित मिति : १ माघ २०७८, शनिबार  ८ : ३६ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल