५ फाल्गुन २०८२, मंगलबार | February 18, 2026

ऐतिहासिक रभुवा मेला स्थगित



खोटाङ । खोटाङको रावाबेँसी गाउँपालिका-३ लामीडाँडाको रभुवास्थित दुधकोसी किनारमा लाग्ने ऐतिहाँसिक माघे संक्रान्ति मेला रोकिएको छ ।

करिब २००७ सालभन्दा अघिदेखि लाग्दै आएको ऐतिहासिक मेला कोभिड-१९ को संक्रमणलाई मध्यनजर गर्दै स्थगित गरिएको हो । कोभिड–१९ को बढ्दो संक्रमणको जोखिमलाई मध्यनजर गर्दै रावाबेँसी गाउँपालिकाले ऐतिहासिक रभुवा मेलालाई रोक लगाएको हो ।

कोभिडको जोखिमलाई नियन्त्रण गर्नका लागि नेपाल सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड अनुसार रभुवा तथा अन्य धार्मिक तिर्थस्थलमा लाग्ने मेलालाई रोक लगाइएको गाउँपालिकाले जनाएको छ ।

खोटाङ र ओखलढुंगाको सीमानामा लाग्ने मेलालाई जिल्लामा ऐतिहासिक मेला मान्ने गरिन्छ । माघे संक्रान्तिको दुई दिन अघिदेखि नै सुरु हुने र चार/पाँच दिनसम्म लाग्ने ऐतिहासिक मेला खोटाङ, ओखलढुंगा र सोलुखुम्बुका स्थानीय थोकवस्तुको बिनिमय गर्ने माध्यमका रुपमा परिचित छ ।

माघे संक्रान्तिको अवसरमा दुधकोसीमा मकर नुहाउने र मेला भर्ने स्थानीयको भीड लाग्ने गरेको स्थानीय बताउँछन् ।

 

प्रकाशित मिति : १ माघ २०७८, शनिबार  ११ : ४८ बजे

सैनामैनाबाट चोरीको स्कुटर र गरगहना सहित २ जना पक्राउ

बुटवल । रुपन्देहीको सैनामैनाबाट चोरीको स्कुटर र सुनका गहनाहरु सहित

कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि सुरु हुने

भक्तपुर । आगामी वैशाख १४ गतेदेखि यस वर्षको कक्षा १२

नेपाल र भारतबीच फौजदारी कानुनी सहायतासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल र भारतबीच फौजदारी विषयमा पारस्परिक कानुनी सहायतासम्बन्धी

निर्वाचन तीन प्रवृत्तिबीचको जनमत संग्रह बन्न गएको छ : प्रचण्ड

रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन

बुटवलको सेमलारमा भोलीदेखी श्रीमद् भागवत महायज्ञ सञ्चालन हुँदै

बुटवल । राष्ट्रिय परोपकार महासंघ रुपन्देहीको आयोजनामा बुटवल १५ सेमलार