७ आश्विन २०८३, बुधबार | September 23, 2026

भरतपुर अस्पतालले भन्यो, ‘कोभिड संक्रमणको उच्च प्रकोप, सामान्य प्रकृतिका विरामी नआउनू’



चितवन । चितवनको केन्द्रीय स्तरको सरकारी अस्पताल भरतपुर अस्पतालले कोभिड-१९ संक्रमणको उच्च प्रकोप देखिएको बताएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले शनिबार विज्ञप्ति जारी गरी अस्पतालमा एकअर्कामा संक्रमण फैलन सक्ने सम्भावना बढेकाले सामान्य प्रकृतिका विरामी केही पछि आउन उपयुक्त हुने बताएका छन् ।

अस्पतालमा २९ पुसमा १७२ जनाले कोभिड परीक्षण गराएकोमा ९५ जनामा (५५ प्रतिशत) संक्रमण देखिएको थियो । ३० गते १८६ जनाले कोभिड परीक्षण गराएकोमा ११५ जना (६१.२५ प्रतिशत)मा कोभिड पुष्टि भएको पौडेलले बताए ।

‘यो कोभिड-१९ संक्रमणको उच्च प्रकोप हो । काठमाडौँको त्रिवि टिचिङ र विर अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मीहरु पनि उच्च संख्यामा संक्रमित भएको तथ्यांकले समेत अस्पतालमा एकअर्काबाट संक्रमण फैलिन सक्ने सम्भावना बढ्दै गएको देखिन्छ’, विज्ञप्तिमा भनिएको छ ।

सामान्य र पछि चेकजाँच गराउँदा पनि हुने प्रकृतिका विरामीले अस्पताल आउने समय पछि सार्नु उपयुक्त हुने अस्पतालले बताएको छ ।

तत्कालै अस्पताल पुग्नुपर्ने विरामी र विरामी कुरुवाले पनि हेलचक्राई नगरी जनस्वास्थ्यका मापदण्ड (सहि तरिकाले मास्क लगाउने, दुई मिटरको भौतिक दुरी कायम गर्ने र बारम्बार हात धुने) पालना गर्न अस्पतालले आग्रह गरेको छ ।             

प्रकाशित मिति : १ माघ २०७८, शनिबार  २ : ३३ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई