५ फाल्गुन २०८२, मंगलबार | February 18, 2026

विश्व इतिहासमा आजः एल साल्भाडोरको गृहयुद्ध अन्त्यदेखि रोमन साम्राज्य स्थापनामा



काठमाडौं । आज १६जनवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रमः

एल साल्भाडोरको गृहयुद्ध अन्त्य

सन् १९९२ मा एल साल्भाडोरको गृहयुद्ध अन्त्य भएको थियो । १२ वर्ष लामो गृहयुद्धमा ७५ हजार जनाको मृत्यु भएको थियो भने अन्य हजारौं मानिस घाईते र लाखौं विस्थापित भएका थिए ।

अमेरिकामा मदिराजन्य पदार्थमा रोक

सन् १९१९ मा अमेरिकामा रक्सी, मदिराजस्ता मादक पर्दाथ बनाउन, बिक्री गर्न र आयात तथा निर्यात गर्न रोक लगाइएको थियो । १६ जनवरीमा संविधानमा गरिएको १८औं संशोधनमार्फत अमेरिकामा मदिराजन्य पदार्थमा रोक लगाइएको थियो ।

पर्सियाली युद्ध सुरु

सन् १९९१ मा पर्सियाली खाडी युद्ध सुरु भएको थियो । सन् १९९० मा इराकले कुवेतमा अतिक्रमण गरेपछि सन् १९९१ को १६ जनवरीमा अमेरिका नेतृत्वको पश्चिमा वायु फौजले इराकमाथि हमला गरेको थियो । २८ फेब्रुवरीमा युद्धविराम घोषणा नहुन्जेल अमेरिकी नेतृत्वको सेनाले हमला गरेको थियो ।

रोमन साम्राज्य स्थापना

२७ बीसीमा रोमन साम्राज्य स्थापना भएको थियो । रोमन साम्राज्यको पहिलो शासक अगस्टस हुन् । उनले २७ बीसीदेखि १४ एडीसम्म (मृत्युपर्यन्त) रोमनमा शासन गरेका थिए । उनलाई मानव इतिहासमै एक प्रभावकारी नेताको रुपमा चिनिन्छन् ।

प्रकाशित मिति : २ माघ २०७८, आइतबार  ७ : २१ बजे

सैनामैनाबाट चोरीको स्कुटर र गरगहना सहित २ जना पक्राउ

बुटवल । रुपन्देहीको सैनामैनाबाट चोरीको स्कुटर र सुनका गहनाहरु सहित

कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि सुरु हुने

भक्तपुर । आगामी वैशाख १४ गतेदेखि यस वर्षको कक्षा १२

नेपाल र भारतबीच फौजदारी कानुनी सहायतासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल र भारतबीच फौजदारी विषयमा पारस्परिक कानुनी सहायतासम्बन्धी

निर्वाचन तीन प्रवृत्तिबीचको जनमत संग्रह बन्न गएको छ : प्रचण्ड

रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन

बुटवलको सेमलारमा भोलीदेखी श्रीमद् भागवत महायज्ञ सञ्चालन हुँदै

बुटवल । राष्ट्रिय परोपकार महासंघ रुपन्देहीको आयोजनामा बुटवल १५ सेमलार