४ पुस २०८२, शुक्रबार | December 20, 2025

कोरोनाबाट बाजुरामा एक जनाको मृत्यु



बाजुरा । कोरोना संक्रमितको संख्या बढेसँगै बाजुरामा एक जनाको मृत्यु भएको छ । खप्तड छेडेदह गाउँपालिका २ जयवागेश्वरीका ५२ वर्षीय कोरोना संक्रमित बजिर बुढाको मृत्यु भएको हो । कैलालिको गौरीफन्टा नाकमा चेकजाँच गर्दा बुढामा संक्रमण पुष्टि भएको थियो ।

उपचारका लागि भारत गएका बुढाको गौरीफन्टा नाकामा परीक्षण हुँदा कोरोना देखिएको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी लेखनाथ न्यौपानेले जानकारी दिए ।

केहि दिन अगाडि कोरोना संक्रमण पुष्टि भएका बुढाको आज मृत्यु भएको उनले बताए । उपचारपछि घर फर्किएका बुढा होम आइसोलेसनमा रहेका बेला मृत्यु भएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । मृतक बुढाको आजै दाहासंस्कार गरिएको छ । स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर दाहसंस्कार भएको स्थानीयले बताएका छन् ।

मृतक बुढासंग आएका अन्य स्थानीय भने होम आइसोलेसनमा छन् । देशरभर कोरोना संक्रमण वृद्धि हुन थाले पछि बाजुरामा पनि संक्रमितको संख्या दैनिक रुपमा वृद्धि हुँदै गएको छ ।

हाल जिल्लामा ११ जनामा कोरोना संक्रमण देखिएको छ । ति मध्ये बडीमालिका नगरपालिकामा ८ जना, बुढीगंगा नगरपालिकाका १ र बुढीनन्दा नगरपालिकामा २ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयल बाजुराले जनाएको छ । जिल्ला भर संक्रमण फैलिने दर उच्च हुँदा स्वास्थ्य सुरक्षाका उपाय अपनाउन जिल्ला अस्पताल बाजुराले आग्रह गरेको छ ।

जिल्ला अस्पताल बाजुराका प्रमुख प्रकाश जोशीले प्रत्यक दिन संक्रमित थपिने दर उच्च रहेको बताउँदै संक्रमण दर रोकथाम तथा नियन्तरणका लागि स्वास्थ्य सुरक्षाका उपाय अपनाउन आग्रह गरे । अस्पतालमा दैनिक एन्टीजेन परीक्षण गर्न आउनेको संख्यामा वृद्धि हुन थालेकाले स्वास्थ्य मापदण्ड अपनाउन सबैमा आग्रह गरे ।

 

प्रकाशित मिति : ३ माघ २०७८, सोमबार  ७ : ०० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको