५ फाल्गुन २०८२, मंगलबार | February 18, 2026

लोहाकोट र मल्लादेवीमा फलाम अन्वेषण



काठमाडौं । खानी तथा भूगर्भ विभागले सङ्खुवासभाको लोहाकोट र बैतडीको मल्लादेवीमा फलाम अन्वेषण कार्य सुरु गरेको छ । विभागको टोलीले सङ्खुवासभाको लोहाकोटमा ५० वर्ग किलोमिटर क्षेत्र र बैतडीको मल्लादेवीमा १५ वर्ग किलोमिटर क्षेत्रमा फलाम अन्वेषणको कार्य सुरु गरेको हो ।

विभागका महानिर्देशक रामप्रसाद घिमिरेले फलाम रहेको सम्भावित क्षेत्रको अध्ययन गरी ‘म्यापिङ’को कार्य अगाडि बढाएको बताए। “ठूलो क्षेत्रफलमा अध्ययन गरेर क्रमशः सानो क्षेत्रफलको अध्ययन गर्नेछौँ”, उनले भने । विभागले एक महिनाको फलामको भू–भौतिक अध्ययनका लागि जनशक्तिसमेत खटाईसकेको छ ।

फलामबाहेक उक्त विभागले काभ्रेपलाञ्चोकको फोस्रेडाँडामा ग्रेनाइटको अध्ययन एवम् ‘ड्रिलिङ’ कार्य गरिरहेको छ । महानिर्देशक घिमिरेका अनुसार सिन्धुलीको पहाड तथा कैलालीको खोलामा पाइने ढुङ्गाको समेत अध्ययन गरिएको छ ।

विभागले चालू आर्थिक वर्षमा नै देशभरका आठ स्थानको खनिज अध्ययन तथा उत्खननका लागि अनुमति प्रदान गरेको छ । विभागले देशभरका आठ स्थानको चुनढुङ्गा, मार्वल, बालुवा, तामालगायतका खनिज पदार्थको उत्खनन तथा अध्ययनका लागि विभिन्न कम्पनीलाई अनुमति प्रदान गरेको हो ।

खानी तथा भूगर्भ विभागले देशका विभिन्न शहरको भू इञ्जिनीयरिङ तथा वातावरणीय अध्ययनको काम समेत गरिरहेको छ । विभागका अनुसार विस २०५२ सालदेखि हालसम्म देशभरका २२ शहरको भू इञ्जिनीयरिङ तथा वातावरणीय अध्ययनको काम सम्पन्न भइसकेको छ ।

प्रत्येक वर्ष एक शहरको भू इञ्जिनीयरिङ तथा वातावरणीय अध्ययनको काम गर्दै आएको विभागले चालू आर्थिक वर्षमा बर्दियाको गुलरीया बजारको भू इञ्जिनीयरिङ तथा वातावरणीय अध्ययनको काम सम्पन्न गरेको थियो । -रासस

प्रकाशित मिति : ३ माघ २०७८, सोमबार  २ : ४३ बजे

सैनामैनाबाट चोरीको स्कुटर र गरगहना सहित २ जना पक्राउ

बुटवल । रुपन्देहीको सैनामैनाबाट चोरीको स्कुटर र सुनका गहनाहरु सहित

कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि सुरु हुने

भक्तपुर । आगामी वैशाख १४ गतेदेखि यस वर्षको कक्षा १२

नेपाल र भारतबीच फौजदारी कानुनी सहायतासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल र भारतबीच फौजदारी विषयमा पारस्परिक कानुनी सहायतासम्बन्धी

निर्वाचन तीन प्रवृत्तिबीचको जनमत संग्रह बन्न गएको छ : प्रचण्ड

रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन

बुटवलको सेमलारमा भोलीदेखी श्रीमद् भागवत महायज्ञ सञ्चालन हुँदै

बुटवल । राष्ट्रिय परोपकार महासंघ रुपन्देहीको आयोजनामा बुटवल १५ सेमलार