२ पुस २०८२, बुधबार | December 18, 2025

हिमपातले मनाङमा विकास निर्माणको काम ठप्प



मनाङ । हिमाली जिल्ला मनाङमा हिमपात र चिसोका कारण विकास निर्माणको काम ठप्प छ । निर्माण कार्य थालेका योजना हिमपात र चिसोका कारण रोकिएका छन् ।

१ गत असारको भीषण बाढीपहिरोका कारण क्षतिग्रस्त पुल, सडकलगायत संरचना निर्माण कार्य हिमपातका कारण सामान ढुवानी नहुँदा रोकिएको मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताए ।

उनले भने, ‘१ असारको बाढीपहिरोले भत्किएका सडक र पुल निर्माणलाई तीव्र बनाउनुपर्ने समयमा चिसो बढेपछि हिमपातका कारण विकास निर्माणको काम प्रभावित भएको हो ।’

गर्मीमा बाढीपहिरोले सामग्री ढुवानी हुन नसक्दा निर्माण काम हुन सकेन हिउँदमा हिमपातले सवारीसाधन आवतजावत हुन नसक्दा निर्माणका काम रोकिएको प्रजिअ आचार्यको भनाइ छ ।

उनका अनुसार हिमपातका कारण विकास निर्माणमा आवश्यक सामग्री ल्याउन नसकिने र ल्याएर राखिएका सामग्री हिमपातले जमेर काम नलाग्ने भएका छन् । मनाङमा हिमपात भएसँगै तापक्रम माइनसमा झरेको छ ।

विगतका वर्षहरूको तुलनामा यस वर्ष मनाङमा बाढीपहिरोले भौतिक संरचनामा क्षति धेरै पुर्‍याएको छ । बाढीपहिरोले क्षति पुर्‍याएका भौतिक संरचना निर्माणको कामसमेत अलपत्र अवस्थामा छन् । ‘मनाङमा हिमपात र बर्खायामको दुवै सिजन मौसमले साथ दिँदैन’, मनाङको नासों गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले भने ।

मनाङमा मंसिर अन्तिमबाट विकास निर्माणका काम रोकिएका हुन् । माथिल्लो मनाङमा मंसिर तेस्रो साताबाट हिमपात भएको थियो ।

प्रकाशित मिति : ४ माघ २०७८, मंगलबार  १० : ३० बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल