६ फाल्गुन २०८२, बुधबार | February 18, 2026

बालुवाटारमा उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक



काठमाडौं । सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक बसेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान पौने १० बजेबाट बसिरहेको बैठकमा स्थानीय तहको निर्वाचनका विषयमा छलफल भैरहेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आइतबार भेटवार्ता भएपछि आजका लागि राजनीतिक समन्वय समितिको बैठक बोलाइएको हो ।

निर्वाचन आयोग, प्रमुख प्रतिपक्ष र नागरिक समाजका तर्फबाट निर्धारित समयसीमाभित्रै स्थानीय तहको निर्वाचन गर्नुपर्ने दबाब सरकारलाई बढिरहेका बेला गठबन्धनको बैठक बसेको हो । स्थानीय निर्वाचन कानून बनाएर मात्रै गर्नुपर्ने अडान राख्दै आएका माओवादी केन्द्र र एकीकृत समाजवादीले मौजुदा कानूनअन्तर्गतै रहेर पनि निर्वाचन गर्ने विषयमा सहमत भएका छन् ।

गठबन्धनका शीर्ष नेताहरु सम्मिलित बैठकमा कोरोना भाइरसको तेस्रो लहर नियन्त्रणका विषयमा समेत छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : ४ माघ २०७८, मंगलबार  १० : ४० बजे

सैनामैनाबाट चोरीको स्कुटर र गरगहना सहित २ जना पक्राउ

बुटवल । रुपन्देहीको सैनामैनाबाट चोरीको स्कुटर र सुनका गहनाहरु सहित

कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि सुरु हुने

भक्तपुर । आगामी वैशाख १४ गतेदेखि यस वर्षको कक्षा १२

नेपाल र भारतबीच फौजदारी कानुनी सहायतासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल र भारतबीच फौजदारी विषयमा पारस्परिक कानुनी सहायतासम्बन्धी

निर्वाचन तीन प्रवृत्तिबीचको जनमत संग्रह बन्न गएको छ : प्रचण्ड

रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन

बुटवलको सेमलारमा भोलीदेखी श्रीमद् भागवत महायज्ञ सञ्चालन हुँदै

बुटवल । राष्ट्रिय परोपकार महासंघ रुपन्देहीको आयोजनामा बुटवल १५ सेमलार