८ बैशाख २०८१, शनिबार | April 20, 2024

सिडिओसहित १८ कर्मचारीलाई कोभिड भएपछि काठमाडौं प्रशासनद्वारा सेवा कटौती, राहदानी विभाग पनि प्रभावित



काठमाडौं । कर्मचारीमा पनि कोभिड-१९को संक्रमण बढेपछि सरकारी कार्यालयले सेवा कटौती गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालसहित १८ कर्मचारीलाई कोभिड संक्रमण भएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज बुधबारबाट लागू हुनेगरी सेवा संकूचन गरेको छ ।

नेपाली नागरिकता प्रदान, नागरिकताको प्रतिलिपि, नाबालक परिचयपत्र, राष्ट्रिय परिचयपत्र र राहदानी वितरण स्थगित गरिएको सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए । ‘१८ जनालाई कोभिड पुष्टि भइसकेको छ, १२ जनालाई पनि लक्षण देखिएपछि परीक्षण भएको छ,’ उनले भने, ‘सेवाग्राहीसँग नियमित सम्पर्क हुने सेवा हाललाई रोकेका छौँ ।’ काठमाडौं प्रशासनमा ६० जनाको दरबन्दी छ ।

त्यस्तै, राहदानी विभागले पनि अत्यावश्यकबाहेकका सेवा स्थगित गरेको छ । यसअघि टोकन लिएका तथा बुकिङ भएकाबाहेक नयाँ राहदानी जारी गर्न बन्द गरिएको छ ।

‘विदेशमा उपचार गर्न जानेजस्ता गम्भीर प्रकृतिकाबाहेक अत्यावश्यक सेवा हाललाई स्थगित गरिएको छ,’ विभागले सूचना जारी गर्दै भनेको छ । विभागका प्रवक्ता सरदराज आरनका अनुसार १५ जना कर्मचारीलाई कोभिड भएछि सेवा कटौती गर्नुपरेको हो ।

यसअघि बुकिङ भएका तथा टोकन लिएकाको हकमा पनि राहदानी वितरण कटौती गरिएको छ । आरनका अनुसार यसअघि दैनिक १ हजार २ सयसम्म राहदानी जारी हुन्थे तर हाल ६ सयमा झारिएको छ ।

प्रकाशित मिति : ५ माघ २०७८, बुधबार  ७ : ४५ बजे

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर । टीकापुर नगरपालिका वडा नं. ७ को प्रशासनिक भवन

सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा

सिंगापुर । एभरेष्ट किचन किंग मसलाको नाम त तपाईले सुन्नु